मेस्सीले लेखे अर्को इतिहास
Sunday, July 11th, 2021, 8:17 pm
Kalpristha
जी. थापा, नेपालगंज–
मेस्सीले आइतबार इतिहास लेखे । माथिल्लो स्तरको कोपा अमेरिकाको उपाधि दिलाउँदै अर्जेन्टिनी फुटबललाई मेस्सीले एउटा उचाईमा पुर्याएका छन् । योसँगै अर्जेन्टिना सर्वाधिक १५ पटक कोपा अमेरिका जित्ने एक्लो राष्ट्र बनेको छ । ब्राजिलविरुद्धको फाइनल खेलमा जित निकाल्दै उनले आपूmलाई प्रमाणित गर्न सफल भएका छन् । यस सफलतालाई उनको खेल जीवनकै ठूलो सफलताको रुपमा जोडेर हेरिएको छ ।
अजेन्टिनी फुटबलमा म्यारोडाना युगलाई निरन्तरता दिन मेस्सीको काँधमा ठूलो जिम्मेवारी थियो । कुनै समय दक्षिण अमेरिकी महाशक्ति राष्ट्रहरु ब्राजिल र अर्जेन्टिनालाई विश्व फुटबलमाझ चिनाउन पेले र म्याराडोना आ-आप्mनो काल-खण्डमा उम्दा खेल प्रदर्शनमा लागि परे । अहिले उनीहरुको उत्तराधिकारीको रुपमा नेयमार र मेस्सी अगाडि आएका छन् । यही दौडमा मेस्सी कोपा अमेरिका २०२१ को फाइनलमा केही अगाडि देखिए ।
मेस्सीको महानता :
कोपा उपाधि दिलाउन मेस्सी आफैं निकै आत्मविश्वासी र आत्मसंयमी देखिए । उनले समूह चरणदेखि नै हरेक खेललाई महत्व दिएर खेले । कुनै खेलमा आपूmले गोल गरे भने कुनै खेलमा गोलको लागि असिस्ट गरे । हरेक जितमा आपैmले गोल गर्नुपर्छ भन्ने उनमा कुनै प्रकारको अभिमान र उन्माद थिएन । उनी टिमले जितेको हेर्न चाहन्थे । त्यसको लागि उनले मैदानमा भरमग्दुर प्रयास गरे । डेथ बलमा गोल निकाले । पेनाल्टीमा चुकेनन् । विपक्षीको रक्षापंक्तिलाई धाराशाही गराउने उनको योजनामा उनी सफल भए । हरेक खेलमा गोल निस्क्यो । उनी र उनको टोलीले फाइनलसम्मै दवाबसहित बनेर खेल्यो । यो नै उनमा झल्किएको आत्मसंयमता र आत्मविश्वासको एउटा नमूना हो । उनको यही सोचले उनको उपाधि यात्रामा सफलता मिलेको हो भन्न सकिन्छ ।
मेस्सीमय सामाजिक संजाल :
यो पटक सामाजिक संजाल मेस्सीमय बन्नु पनि उनलाई केही हदसम्म उत्प्रेरणा र ऊर्जाको कारण बन्यो । कोपासँगै युरो कप अगाडि बढ्दै जाँदा फ्रान्स, जर्मनी, पोर्चुगल, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड, स्पेनजस्ता फुटबलका पावरहाउसहरु उपाधिबाट बाहिँदा विश्वको ध्यान मेस्सीतिर केन्द्रित रह्यो । जसले गर्दा अनलाईन, मिडिया र सामाजिक संजालहरुमा मेस्सीलाई केरी फार्वड गरिँदा उनको चर्चा सबैतिर चुलियो । कोपा मेस्सीमय । अनलाईन मेस्सीमय । मिडिया मेस्सीमय । सामाजिक संजाल मेस्सीमय । प्रतियोगितभर उनी जता तै छाइ रहे । यसले पनि ऊर्जाशील मेस्सीलाई उपाधिमा होमिन साहस प्रदान गर्यो ।
नब्बे मिनेटपछिको क्षण :
अर्जेन्टिनालाई ब्राजिलमाथि १-० को संघर्षपूणर्र् जित चाहेकै जस्तै भयो । पहिलो हाफमा डी मारियाले दुई डिभेन्डरलाई छक्याउँदै किपरमाथि बललाई चिप गर्दै उत्कृष्ट गोल गरेका थिए । खेलपछिको नब्बे मिनेटमा लियोनोन मेस्सीसहित सबै खेलाडीहरु एकै ठाउँमा गोलबन्द भएर जितको खुशीयाली मनाउन व्यस्त रहे । मेस्सीलाई मैदानमै उचाल्दै गरेको दृश्यहरु कैद भइरहेको थियो । प्रशिक्षक, व्यवस्थापक टिम आएर मेस्सीलाई धेरै बेरसम्म अंगालो मारे । नब्बे मिनेटपछिको क्षण निकै नै भावुक क्षण बनेको थियो । यसले पनि मेस्सी समकालीन खेलाडीबीच कत्तिको लोकप्रिय छन् भन्ने कुरा छर्लङ हुन्छ ।
मेस्सी मुस्कान :
मोनालिसा मुस्कान विश्व चर्चित मुस्कान मानिन्छ । आज त्यस्तै झल्को दिने मेस्सी मुस्कान देखियो । मेस्सीको मुहारमा देखिएको चमकले कोपा हात पार्दा उनी कति खुशी छन् भन्ने सहजै आँकलन गर्न सकिन्थ्यो । उनले मुस्कानका साथ ट्रफी चुमे । मुस्कानका साथ ट्रफी उचाले । ट्रफीको वरिपरि घेरिएका मेस्सी मैदान वरिपरि केही बेर रही रहे । सबै जना मैदानमा एकैसाथ दौडेर मैदानमा चिप्लदै सेलेब्रेसन गर्दै रहे । यस्तो सेलेब्रेशन भइरहँदा उनका प्रशंसक र समर्थकहरु भावुक बनेका देखिन्थे । रङ्गशालामा देखिएको खुशीयालीको माहोलले मेस्सीको उपस्थितिलाई विशेष बनाइरहेको भान हुन्थ्यो । उनका प्mयान र समर्थनहरु रङशाला र सडकैभरि हर्ष बढाइले उन्मादपूणर् बनेको दृश्य देखिन्थ्यो । कोपा अमेरिकाको सफलतासँगै उनले अर्जेन्टिनी फुटबलमा पुनः रक्तसंचार भर्न सफल बनेका छन् । यो उपलब्धि उनको जीवनकालकै अविश्मरणीय क्षण बनेर रहने छ ।