संक्रमणको दर उकालो लाग्दै
Wednesday, July 28th, 2021, 6:03 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १३ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाको संक्रमण दर विस्तारै उकालो लाग्दै गएको छ । बुधबार मात्रै देशभरका विभिन्न स्थानबाट तीन हजार आठ सय ४० जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार १० हजार आठ सय ८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको हो भने एन्टिजेन विधिबाट चार हजार नौ सय २२ गर्दा एक सय दुई सय ६ जनामा संक्रम पुष्टि भएको छ ।
त्यसैगरी बाँके जिल्लामा भने थप चारजना महिलामा संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका अनुसार थप दुईजना महिला र दुईजना पुरुष संक्रमण मुक्त भएका छन् । साथै थप मृत्यु संख्या भने शून्य रहेको छ ।
जिल्लाको कूल संक्रमण संख्या भने १७ हजार ६ सय चार रहेको छ भने संक्रमण मुक्त संख्या भने १७ हजार दुई सय ३८ रहेको छ । हालसम्मको कूल मृत्यु संख्या भने तीन सय २२ रहेको केन्द्रले जनाएको छ ।
त्यसैगरी देशभरीमा थप एक हजार एक हजार नौ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कूल संक्रमितको संख्या भने ६ लाख ८८ हजार तीन सय सात रहेको छ । साथै कूल संक्रमण मुक्त संख्या ६ लाख ४९ हजार ७२ रहेको छ भने कूल मृत्यु संख्या नौ हजार सात सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।