फुटबलमा हुम्ली युवाको सक्रियता
Thursday, July 29th, 2021, 2:12 pm
Kalpristha
जी.थापा
नेपालगन्ज, १४ साउन
एकातर्फ राज्यको आर्थिक, प्रशासनिक, खेलकुदलगायतका क्षेत्रमा ध्यान नगएको कर्णाली अंचल त्यसमा पनि हुम्ला विकट र विकासमा पछि परेको जिल्ला मानिन्छ । अर्कोतर्फफुटबलकै अभिभावक संस्था एन्फा केही दिन यता आन्तरिक विवादले संवादहीन बनेको बेला हुम्लामा फुटबल गतिविधिबारे युवाहरुको चासो र सक्रियता बढाएका छन् ।
हुम्लाको प्राकृतिक संरचना र भू–बनौटले गर्दा समथर मैदानको अभाव छ । उपयुक्त यातायातको सुविधा नहुनु र लो सोसियल मोबिलिटीको कारण आवत जावतजस्ता क्रियाकलापहरु सदरमुकाममै सीमितीकरण हुने बाध्यात्मक परिस्थितिले गर्दा जिल्लाबाहिरका फुटबल गतिविधिहरुसँग जोडिन सकिरहेको अवस्था छैन् । यस्तोमा समय–समयमा भेट्ने, सँगै बस्ने र सामुहिक छलफलमा जुट्ने जस्ता रचनात्मक कार्यले हुम्लाका फुटबलप्रेमी युवाहरुमा ऊजा र जोश थपेको छ ।
पातलो जनसंख्या भएपनि हुम्लामा फुटबलको क्रेज बढ्दो छ ।
सदरमुकाममा फुटबल खेल हुँदा गाउँ गाउँबाट पैदलै फुटबल हेर्न आउने दर्शकको लर्को लाग्ने गर्दछ । केही साताअघि हुम्लाको दार्मस्थित स्थानीय गाउँमै सम्पन्न महिला फुटबल खेल हेर्न दुई दिन टाढा टाढाबाट खेल हेर्न आएका फुटबलप्रेमीहरु बताउँछन् ।
हुम्लामा फुटबल गतिविधि बढाउदै गरेका विष्णु रावत भन्छन्, ‘हुम्लामा फुटबललाई सक्रिय बनाउन ग्रास रुट फुटबल र उमेर समूहको फुटबल एकेडेमी संचालनको लागि पहल गर्ने योजना भइरहेको छ । कोरोनाको महामारीले यो योजना अगाडि बढ्न नसकेको र निकट भविष्यमा फुटबल विकासका कार्यक्रमहरु अगाडि बढाउने । हुम्ला जिल्लामा एन्फाले अभैmसम्म फुटबल संघ स्थापनामा सक्रियता नदेखाएको साथै फुटबल विकासको लागि चाहे जत्ति ध्यान पु¥याउन नसकेको सन्दर्भमा उनको चित्त दुखाई छ ।
यस विषयमा जानकारी लिन खोज्दा एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठोर भन्छन्, ‘हुम्लामा अभैm संघ स्थापना भएको छैन् । यसतर्पm आवश्यक सम्बोद्धन गर्ने एन्फा अध्यक्षको धारणा रहेको छ । पूर्व फुटबल खेलाडी विष्णु रावत हुम्लाको फुटबल विकासमा लागि परेका छन् । हुम्लाले आवश्यक प्रक्रिया पु¥याएर अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध हुनेमा हामी विश्वस्त छौं । आशा गरौं, यो चाँडै सम्भव हुनेछ ।’
यसै क्रममा विष्णु रावतले आज अर्थात् साउन १५ गते हुम्ला जिल्लाको सदरमुकाममा ग्रास रुट तथा उमेर समूहको फुटबल प्रशिक्षणको उद्घाटन कार्यक्रम रहेको फेसबुक पेज मार्फत सूचना तथा जानकारी गराएका छन् । उक्त प्रशिक्षण कार्यक्रममा हुम्लाको सदरमुकाम सिमीकोट र आसपासका क्षेत्रहरुबाट सहभागिता रहने उनको भनाइ छ । अध्या रावत अगाडि भन्छन्, ‘यदि तपाईं कुनै चीजलाई अत्यन्तै माया गर्नुहुन्छ भने कुनै पनि कुरा माथि सजिलैसित जित प्राप्त गन सक्नुहुन्छ । र, यो कुरा मलाई फुटबलले सिकाएको छ । म फुटबललाई अत्यन्तै माया गर्छु । त्यसकै लागि हुम्ला फुटबल एकेडेमीमार्पmत जिल्ला फुटबल विकासको लागि यतिसम्म खटिरहेको छ ।’ ‘जो खेलको लागि अत्यन्त प्रतिबद्ध छन् । उनीहरु हाम्रो प्रशिक्षण कार्यक्रममा आउन र भविष्यका जल्दाबल्दा स्टार फुटबल खेलाडी बनुन् ।‘ उनले थपे ।
सिमीकोट सदरमुकाम स्थित एकमात्र खेलमैदान फुटबलमा रौचन भर्न आतुर छ । सिमीकोटले दुर्गम जिल्लाको परिचय बोकेको छ । आउँदो दिनमा फुटबलको परिचय बोक्ने छ । सिमीकोटले पछौटे जिल्लाको नाम पाएको छ । आउँदो दिनमा फुटबलमा अग्रता कायम गर्ने छ ।
सबैले ध्यान पु¥याउनुपर्ने विषय के छ भने देशभर स्थापित र संचालनमा रहेको फुटबल एकेडेमीलाई एन्फाले वार्षिक योजनामा राखेर निरन्तर प्रशिक्षण दिने र भौतिक संरक्षण निर्माण तथा स्तरोन्नतितर्फ पहल गरि रहनुपर्दछ । फुटबल गतिविधिसँग सम्बन्धित प्रशासनिक, प्राविधिक एवं आवाश्यकीय अनुदान उपलब्ध गराएर देशका सबै प्रदेशमा संचालनमा आएका र संचालन प्रक्रियामा रहेका फुटबल एकेडेमीलाई प्राथमिकतामा राखेर समेट्नु पर्दछ । यसतर्फ एन्फाको ध्यान केन्द्रित हुन नसके विस्तारै विस्तारै ती एकेडेमीहरुका फेसबुक पेजहरु शुभकामना आदान प्रदान गर्ने सम्वादमा सीमित बन्न सक्छन् । यस अर्थमा पनि सबै पक्षबाट चासो र सक्रियता बढाउनु जरुरी छ ।