यसरी मिलाए बाँकेका कार्यालयले सेवाको व्यवस्थापन
Monday, June 21st, 2021, 6:01 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नेपालगन्ज, ७ असार
भोली असार ८ गते मंगलबारबाट बाँकेमा सरकारी कार्यालयहरु भिडभाड नहुनेगरी खोल्न पाउने भएपछि सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुले सेवा व्यवस्थान गरिएको सूचना जारी गरेका छन् ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले यातायात चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा तथा अनलाइन आवेदन, मोटरसाइकलको व्यक्तिबाट व्यक्तिमा हुने नामसारी बाहेकका कामहरु सन्चालन गर्ने जनाएको छ ।
मालपोत कार्यालयले स्थानीय तहअनुसार बार र प्रदान गरिने सेवा छुट्याएको छ । मालपातले जारी गरेको सुचनामा निम्नानुसार उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले पनि आइतबार, मंगलबार र बिहीबार नेपालगन्ज उपमहानगरपालिका र अन्य बार नेपालगन्ज बाहेकका स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
शान्ति सुरक्षा र मुद्धा बाहेक सेवाहरुका लागि बार छुट्याइएको छैन । नागरिकता र नाबालक परिचय पत्र बनाउन आउँदा सम्बिन्धित व्यक्ति र अर्काे एकजना व्यक्तिमात्र आउन भनिएको छ । अन्य कामका लागि एकजना मात्रै आउन भनिएको छ । सोधपुछ गर्नका लागि प्रशासन कार्यालयले सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।
यो पनि पढ्नुहोस् :
बाँकेमा सरकारी कार्यालय खुल्ने, पसल ४ बजेसम्म खोल्न पाइने