साइकलिस्ट रसाइलीको परिवारलाई ३ लाख हस्तान्तण
Saturday, August 6th, 2022, 8:16 pm
Kalpristha
माईकोरा च्यालेन्ज २०२२ मा ‘राइड फर कज’ अन्तर्गत स्वर्गीय पारा साइकलिस्ट यामाला रसाइलीको लागि संकलित रकममध्य पहिलो चरणमा तीन लाख रुपैयाँ शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
यामलाल रसाइली परिवार सहयोग अभियान नेपालगन्जको नाममा उक्त रकम संकलन कार्य भएको थियो । आसाढ ३२ गते नेपालगन्जलगायत देश तथा विदेशमा भएको कोरा २२ कार्यक्रमको अवसरमा उक्त रकम संकलन गरिएको थियो ।
अभियानका सदस्यहरूले नेपालगन्जदेखि उनको निवास कैलालीको लम्कीमासम्म साइकल चलाएरै पुगेर उक्त रकम हस्तानतरण गरेको छन् । जसमा नेपालगन्ज साइक्लिङ क्लवका सचिवसहितको ४ जनाको टोली उक्त कार्यक्रममा सहभागी थिए । लम्की चुहा नगरपालिकाका उपाध्यक्ष्य जुना चौधरी र अभियानका संयोजक गगन थापाले यामलाल रसाइलीको पत्नी बिंदु रसाइलीले चेक हस्तान्तरण गरेका हुन् ।
नेपालगन्जका साइकल अभियान्ता गगन थापाको संयोजकतवमा अभियान समितिले संचालन गरेको अभियानमा नेपालगन्जका ९ जना अभियन्ताहरुले रकम संकलन गरेका हुन् । भक्तपुर, बुटवल, भैरहवा, दाङ, गाईघाटका साइकलिङ संस्थाहरुले रकम संकलन गरी अभियानको खातामा पठाएका थिए । अन्य केही सहरहरुमा केही ढिला गरी कोरा कार्यक्रम भएको हुनाले रकम आउने क्रम जारी छ ।
परिवारकै जीविकोपार्जनमा सघाउ पुग्नेगरी परिवारकै प्रस्ताव अनुसार ६ लाखको रकम संकलन गर्ने लक्ष्य राखिएको अभियानमा काठमाडौंका विभिन्न संस्थाहरु र सैनामैनाबाट पनि सहयोग रकम आउने छ । पहिलो चरणको रकमको सदुपयोगको अवस्था हेरी कम्तीमा १५ दिनपछि दोस्रो चरणको रकम हस्तान्तण गरिने छ ।
को हुन् यामलाल रसाइली
४ वर्षको उमेरमा चामल कुट्ने मिलको पट्टामा परी दाहिने खुट्टा गुमाएका यामलाल रसाइली अपांग भएपछि पाएको अपहेलना र घृणाका कारण साइकलिस्ट बन्न पुगेँ । बसको यात्राका क्रममा भाडाको विषय विवाद हुँदा बसबाट खसालिएका यामलाल आफ्नो यातायातको साधन बनाउन साइकल चढ्न सुरु गरेका थि ए ।
पछि आफ्नो जीवनको अभिन्न अंग बनेको साइकलबाटै देशको नाम चिनाउने काम गरे ।
२०५६ सालमा मेची महाकाली साइकल यात्रा गरेको यामलालले २०७५ सालमा लम्कीदेखि मुगुको रारासम्मको साहसिक यात्रा गरेका थिए ।
२०१७ भारतको अरुणाचलमा भएको पारा साइक्लिङ प्रतियोगितामा पदक हासिल गरेर उनले नेपालमा हुने प्राय सबै साइक्लिङ कार्यक्रममा सहभागिता जनाए ।
२०७८ साल वैशाखमा आएको कोरोनाको दोस्रो लहरमा उनले आफ्नो ज्यान गुमाएका थिए ।