विकासको गतिलाई तिव्र गतिमा पछ्याईरहेको राधापुर
Saturday, October 24th, 2026, 7:26 pm
Kalpristha
सावित्री विश्वकर्मा
बाँके, ७ कात्तिक
बाँकेको पश्चिम तर्फ सिमावर्ती क्षेत्रसँग जोडिएको वडा हो राधापुर । खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई सैनिक गाउँ भनेर पनि चिनिन्छ । सैनिक परिवारको धेरै वसोबास भएकोले राधापुरलाई धेरैले सैनिकको गाउँ भनेर चिन्छन् । विकसित वस्ती, टोल र घरहरूका कारणले राधापुरलाई एउटा विकासको गतिमा दौडिरहेको नमुना वडाका रूपमा हाम्रो राधापुरलाई लिइन्छ ।

……….
वडाको प्राय सबै तिर कालोपत्रे सडक बन्दैछन् । त्यसको लागि अहिलेका जनताप्रतिनिधिले निकै मिहिनेत गरेर काम गरिरहेका छन् । भौतिक पुर्वाधारको क्षेत्रमा राधापुरले नमुना योग्य विकासको गतिलाई पछ्याईरहेको छ । खजुरा गाउँपालिका वडा नं १ साबिक राधापुर गाउँ विकास समितिको वडा नं १ देखि ९ वटा वडाबाट बनेको हो । यस वडाको कुल जनसंख्या ४ हजार १ सय १२ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल ८.३७ वर्ग किलोमिटर रहेको छ । यो वडा दक्षिणमा भारतसँग सिमा जोडिएको वडा हो ।

खजुरा गाउँपालिका वडा नम्बर १ को नयाँ निर्मित कार्यालय । तस्विरः कालपृष्ठ दैनिक
चार वर्ष अघि निर्वाचित हुनु भएका वडाको जनप्रतिनिधिको टिमले वडालाई नमुना बनाउन कडा परिश्रम गरिरहेको छ । वडा अध्यक्ष मनवीरसँगै वडा सदस्य एवम् कार्यपालिका सदस्य विष्णु सुनार, बाल कुमारी सुनार, दिपु राना, राम कुमार सुनार र वडाको सिंगो कर्मचारी टिमको मिहिनेत अहिले सार्थकता पाइरहेको छ ।
पालिकाभित्र सबैभन्दा सुन्दर र भव्य वडा कार्यालय निर्माण गर्न सफल भएको छ राधापुर । जसको उद्घाटन भव्य रुपमा पन्चेबाजा बजाएर गरिएको थियो । खजुरा गाउँपालिकाकाको १ करोड ४० लाख ६४ हजार १ सय ५७ रुपैयाँ ७५ पैसामा वडा कार्यालयको दुई तले भवन निर्माण गरिएको थियो । अहिले वडाले नयाँ वडा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । वडाले थुप्रै क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको छ । त्यसमध्ये भौतिक पुर्वाधार पनि एक हो । वडालाई सडक सञ्जालमार्फत पूर्वमा नेपालगन्ज र पश्चिममा बर्दियासँग जोडेको छ ।

स्तरउन्नती गरिएको खानोपानी टयांकी । तस्विरः कालपृष्ठ दैनिक ।
जसअन्र्तगत न्याउले डाँडा, बेलडाँडा, बीरपुर, चन्दननगर, बहादुरपुर र जलपोखरी करिब चार वर्ष अघि मनवीर क्षेत्रीको नयाँबाटोको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, पिच गर्ने र बिजुलीबत्तीको लाईन बिस्तार गर्ने कार्य गरिएको छ ।
त्यस्तै ८० लाखको लागतमा एउटा डि बोरिङ पनि जडान गरि सञ्चालनमा ल्याईएको छ । यसले स्थानीयवासीलाई बेमौषमी खेती गर्न सहज भएको छ । राधापुरभित्र मानखोला तटबन्धनको लागि ठुलो समस्या रहेकोमा अघिल्लो वर्ष २० लाख र अहिले ३६ लाखको लागतमा तटबन्धनको काम भैरहेको छ जसले गर्दा स्थानीय सहज भएको हुनेछ ।
वडा अध्यक्ष मनवीर भन्छन, ‘राधापुरको समग्र विकासको जुन एजेन्डा लिएर हामी निर्वाचनमा प्रतिस्पर्धा गरेका थियौं । हामीले वाचा गरेका धेरै योजना पुरा भैसकेका छन्, केहि पुरा हुने क्रममा छन् । कुनै बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन । तर हामी निर्वाचित भएर आएपछि सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका छौं । जनताको समस्यालाई प्राथमिकता दिएर काम गरेका छौं । हाम्रो लक्ष्य राधापुरलाई देशकै नमुना वडा बनाउने थियो । त्यसमा हामी सफल भएका छौं ।’
खजुरा गाँउपालिका वडा नम्बर १ ले वडाले थुप्रै क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको छ । त्यसमध्ये भौतिक पुर्वाधार पनि एक हो । वडालाई सडक सञ्जालमार्फत पूर्वमा नेपालगन्ज र पश्चिममा बर्दियासँग जोडेको छ । सडक, सिँचाई, तटबन्धन सँगै पक्की नाला निर्माणमा पनि उल्लेख्य काम गरेको छ । जसमा बीरपुर, बहादुरपुर, जलपोखरी, छोटी लाईन जाने बाटोमा र स्वास्थ्य चौकी जानेबाटोमा पक्कीनाला बनाईएको छ ।

मैटहवा माविको मैदानमा बन्दै गरेको खुला प्यारापिट । तस्विरः कालपृष्ठ दैनिक ।
वडा अध्यक्ष क्षेत्री भन्नु हुन्छ, ‘२०७९ सालको निर्वाचित मैले उम्मेदवारी दिँदा मैले राधापुर भित्रको जनताहरूलाई नेपालगन्ज नगरसित सहज तरिकाले जोडन र यो राधापुर भित्रको सम्पूर्ण विकासको एजेन्डा बनाएर जनतासँग मत माग्न गएका थियौं । अहिले हामीले थुप्रै महत्वपुर्ण योजनाहरू सम्पन्न गरेका छौं । केहि अझै पुरा हुने क्रममा छन् । चार वर्षको अवधिमा राम्रै खालका योजनाहरू, राम्रै खालका विकासहरू गर्न हामी सफल भएका छौं । काम गर्ने क्रममा राधापुरका जनताको ठुलो साथ र सहयोग मिल्यो ।’
विगतमा नेपालगन्ज जानको लागि नौ किलोमिटर बाटो पुरा गर्न घण्टौं लाग्ने बाध्यता थियो र बाटो पनि राम्रो थिएन । अहिले त्यो समस्या समाधान भएको छ । वडा सदस्य विष्णु सुनार भन्नु हुन्छ, ‘परसपुरदेखि नवाजी गाउँ हुँदै बेल्भार हुँदै जलपोखरीसम्मको बाटो बनाउने योजना थियो र हामी सफल पनि भयौं । पहिला डेढ घण्टा लाग्नेमा आज हाम्रो जनता नौ मिनेटमा यहाँबाट नेपालगन्ज पुग्छन । यसपाली सडकको स्तरउन्नती गर्दै कालोपत्रे पिच सहित हामीले बहादुरपुरको लखन थापा चोकसम्म लिएर आएका छौं ।’
राधापुर २०२४ सालदेखि बसेको बसोबास सुरु गरेको वस्ती हो । विगतमा बाटाघाटाहरू नखुलेर विकासहरू रोकिएका थिए । अहिले भएका विकासको कामबाट जनता खुसी भएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

राधापुर र बर्दियालाई जोड्ने झोलुगें पुल । तस्विरः कालपृष्ठ दैनिक ।
उहाँले भन्नु भयो,‘हाम्रो राधापुरको जनतालाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ शान्तिपुर, डाँफे, सानो डाँफे जोड्नको लागि ठुलो समस्या थियो । बर्दिया जानको लागि घुमेर गौघाट भएर जानुपर्ने अवस्था थियो । बेलडाँडाको मानखोलामा बनेको झोलुंगेले त्यो समस्या समाधान भएको छ । अहिले त्यहाँको आवतजावतमा हामीलाई सहज भएको छ ।’
स्वर्गधाममा मानखोला स्वर्गधाममा जाँदा अफ्ठ्यारो थियो । मलामीहरू गएर बस्नको लागि समस्याहरू थियो । पर्यटन मन्त्रालयमार्फत पूर्व माननीय किशोर राठोरसँग समन्वय गरेर त्यहाँ बजेट पाउन सफल भएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । राधापुरभित्रको धेरै सडकमा कालोपत्रे हुन सकेको थिएन । उहाँले भन्नु भयो, ‘छुटेका धेरै ठाउँमा हामीले कालोपत्रे सडक निर्माण गरिसकेका छौं केहि निर्माण हुने क्रममा छन् ।’
सुचाईमा पनि राधापुरले विकास गरिरहेको बताउनु हुन्छ वडा सचिव मन्जु शर्मा । उहाँले भन्नु भयो, ‘विगतमा राधापुरका किसानहरूलाई सिँचाइको समस्या थियो । हाम्रो राधापुर एउटा किरण नाला लिफट सिँचाइ योजना छ । त्यो किरण नाला लिफ्ट सिँचाइ योजनाको पुरानो संरचनाहरू भत्किएको अवस्था थियो भने इट्टाको पर्खाल थियो । अहिले आरसीसी कुलोहरू बनेका छन । कति अन्य स्थानमा बनिरहेका छन् । यसले यहाँको कृषकलाई काम थोरै भएपनि सहयोग पुगिरहेको छ । सिंचाईको लागि वडाले अन्य वैकल्पिक योजनाहरू पनि बनाएर काम भैरहेको छ ।’

मानखोलामा गरिएको तटबन्ध । तस्विरः कालपृष्ठ दैनिक ।
किरण नाला लिफट सिँचाइ योजना मार्फत किसानलाई हरेक महिना उत्पादन मुलुक कृषि क्षेत्रमा काम गर्न सुविधा उपलब्ध गराउने वडा लक्ष्य रहेको शर्माले बताउनु भयो ।
राधापुरभित्र मानखोला तटबन्धनको लागि ठुलो समस्या थियो । न्याउलेडाँडाको साइडबाट बेलडाँडालाई खोलाले भत्काउँला जस्तो अवस्था भएर अघिल्लो वर्ष २० लाख र यस वर्ष ३६ लाख बजेट हालेर तटबन्धनको काम गरेको बताउँनुहुन्छ वडा सदस्य राम कुमार सुनार । उहाँले भन्नु भयो, ‘प्रदेश सिँचाइ मन्त्रालय अन्तर्गत हाम्रो सिँचाइ डिभिजन नेपालगन्ज बाँकेबाट हामीले अहिले बीस लाखको फेरि तटबन्धन गर्दैछौं । खजुरा एक राधापुरबाट सुक्खा बन्दरगाह जाने जानकी २ जोड्ने बाटोको किरण खोलामा पुल नबनेको अवस्था थियो । त्यो पुल ढलान भएको छ। त्यो ढलान भइसकेपछि त्यसको संरचना हुन बाँकी छ ढलान भयो भने जनतालाई आवतजावत गर्न र नेपालगन्ज जान र सुक्खा बन्दरगाह जान सहज हुनेछ ।’
विद्यालय र खेलकुदको पुर्वाधारमा पनि वडाले काम गरेको बताउँछन वडा सदस्य दिपु राना । मैटहवा माविमा बनेको खुला प्यारापिटले फुटबल लगायतको खेलकुद प्रतियोगिता आयोजना गर्न वडा भित्र सहज भएको उहाँले बताउनु भयो ।

सैनिक चोकमा निर्माण गरिएको नेपालको प्रथम सहिद लखन थापाको सालिक । तस्विरः कालपृष्ठ दैनिक ।

वडा कार्यालयको उद्घाटन अवसरमा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री । तस्विरः कालपृष्ठ दैनिक ।
युवाहरुलाई खेलकुदमा आर्कषित गर्नको लागि वडाले प्राथमिकताका साथ काम गरिरहेको बताउँनुहुन्छ वडा सदस्य बाल कुमारी सुनार । उहाँले भन्नु भयो, ‘राधापुरको पुरानो बि.स. २०२४ सालदेखि स्थापना भएको मैटहवा मावि स्कुल छ वीरपुरमा । तिर्खा प्रावि छ जलपोखरीमा । शिक्षा र खेल साथमै जोडिएकोले गर्दा हामीले निरन्तरता दिनुपर्छ भन्ने जोड गर्दै विद्यालयमा आवश्यक भएका भवनहरू निर्माण र खानेपानीको लागि वाटर फिल्टरको व्यवस्था गर्यो । मैटहवा मावि भित्रै खुल्ला प्यारापिट पनि बनेको छ, अहिले थप बन्दैछ । यसले शिक्षालाई र खेललाई निरन्तरता दिनको लागि सहयोग मिल्नेछ ।’

वडाका स्वास्थ्य स्वयंमसेविकालाई साईकल वितरण गरिदैं । तस्विरः कालपृष्ठ दैनिक ।
तिर्खा प्रावि जलपोखरीको भौतिक संरचना स्तरोन्नती तथा सुधारमा पनि वडाले काम गरेको छ । विद्यालयको भौतिक पुर्वाधार तथा व्यवस्थापकि पक्षको सुधार गर्दै ५० जना विद्यार्थीबाट १ सय ५० जना सम्म पुगेका छन् । विद्यालय छोडेका तथा विद्यालय नै नगएका बालबालिको लागि विद्यालयमा भर्ना गराउने वातावरण बनाउनको लागि बिभिन्न क्लबहरूसँग मिलेर सचेतनामूलक कार्यक्रमहरू गरिरहेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
यसैगरी वडाको अर्को विकाससँग जोडिएको योजना हो च्यामे रोड । बाँके जिल्लाको सुख्खा बन्दरगाहदेखि जयपुर हुँदै राधापुरको बेलडाँडासम्मको लागि बाँके जिल्ला रिङरोड च्यामे रोड सहितको रिङरोडमा पर्छ ।
जयसपुरदेखि राधापुरको बेलडाँडासम्मको लागि बाटो पुल बन्नेबित्तिकै टु लेनको बाटो बनेपछि वडाको विकास थप सहयोग पुग्ने वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘बाँके जिल्लालाई पनि रिङरोड बनाउने र बाहिरबाट आउने पर्यटकहरूले पनि यो सैनिक जानको लागि यो बाटो राम्रो रैछ भनेर प्रयोग गर्नको लागि यो बाटो बनाउनको लागि हामीले पहल गरेका छौं ।’