अब आफनै भवनबाट सेवा शुभारम्भ गर्दै होटल मदरल्यान्ड
Tuesday, April 23rd, 2024, 4:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ वैशाख
होटल मदरल्यान्डले आफनो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क रोडमा निर्माण गरिएको भवनबाट होटल मदरल्यान्डले आफनो सेवा सुरु गरेको हो । मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रुपमा रिबन काटेर होटलको उद्घाटन गर्नु भएको थियो ।
मंगलबार विधिवत रुपमा पुजापाठ गरेर होटलको शुभारम्भ गरिएको हो । होटल मदरल्यान्डका संचालक दान बहादुर बुढाले नेपालगन्जको घरबारीटोलीमा विगत ८ वर्ष देखि होटल संचालन गर्दै आउनु भएको थियो । बसपार्कमा आफनै भवन निर्माण गरेर नयाँ सुविधा सहित होटलको सुरुआत गरेको बताउनु हुन्छ संचालक दान बहादुर बुढा । दान बहादुर र निर्मला बुढाले संचालन गरेको होटल मदरल्यान्डले कर्णालीको विशेष परिकारहरुलाई महत्व दिएको छ ।
कर्णालीमा पाईने मार्सिचामलको भात, अर्गानिक दाल, मासुका परिकारहरुलाई होटलले आफनो ब्रान्डका रुपमा लिएको दान बहादुरले बताउनु भयो । करिब २ करोड ५० लाख रुपैयाँ लगानी रहेको होटल मदरल्यान्डमा १५ कोठा रहेका छन् । होटलमा स्विट, डिलक्स कोठाहरु उपलब्ध छन् ।
मंगलबार भएको उद्घाटन समारोहमा एसपी राम प्रसाद घर्ती, जुम्ली सेवा समाजका अध्यक्ष गौरीकान्त आचार्यय, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य एनपी आचार्य लगायतको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले व्यवसायिक रुपमा होटल मदरल्यान्डले नयाँ सफलता हासिल गर्दै थप प्रगति गर्दै जाने विश्वास व्यक्त गर्नु भएको थियो ।