स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आजदेखी कोशेलीघर नेपालगन्जमा ‘तिहार उत्सव–२०८३’ हुँदै
Wednesday, November 4th, 2026, 8:03 am
Kalpristha
सुनिता श्रेष्ठ
नेपालगन्ज, १७ कात्तिक
स्वदेशी तथा अर्गानिक उत्पादनको प्रवर्द्धन गर्नुका साथै महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा आज देखि दुई दिन सम्म ‘तिहार उत्सव–२०८३’ सुरु हुँदैछ । महिला उद्यमी संघ नेपाल बाँकेद्वारा सञ्चालित कोशेली घर नेपालगन्जको आयोजनामा कात्तिक १८ र १९ गते दुई दिनसम्म तिहार उत्सव सञ्चालन हुनेछ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित कोशेली घरको परिसरमा आयोजना हुने उत्सवमा बाँकेका महिला उद्यमीहरूले आफ्नै मिहिनत, सीप र सिर्जनशीलताबाट उत्पादन तथा निर्माण गरेका विभिन्न वस्तु तथा सामग्री बिक्री वितरणको लागि राखिने आयोजकले जनाएको छ ।
नेपाली उत्पादनको उपभोग बढाउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र महिला उद्यमीलाई आफ्नो उत्पादनको प्रचारप्रसार तथा बिक्री गर्ने अवसर प्रदान गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो । तिहार नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो । यस पर्वमा घर सजावट, पूजाआजा, भाइटीका, देउसीभैलो तथा विभिन्न परम्परागत गतिविधिका लागि आवश्यक सामग्रीको माग बढ्ने गर्दछ । यही अवसरलाई लक्षित गर्दै उपभोक्तालाई तिहारमा आवश्यक पर्ने सामग्री एकै स्थानमा उपलब्ध गराउने र स्थानीय महिला उद्यमीका उत्पादनलाई उपभोक्तासमक्ष पु¥याउने उद्देश्य आयोजकले राखेको छ ।
उत्सवमा विशेषगरी तिहारमा प्रयोग हुने पूजाका सामग्री, विभिन्न परिकार तथा खानेकुरा, शृङ्गारका सामान, हस्तकलाका सामग्री, लत्ताकपडा, पुष्पमाला, घर सजावटका सामग्री, अर्गानिक खाद्यान्नलगायत स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुहरू बिक्रीको लागि राखिनेछन् । यसले तिहारका लागि आवश्यक सामग्री खरिद गर्न चाहने उपभोक्तालाई सहजता प्रदान गर्नुका साथै स्थानीय उत्पादनको पहिचान र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसपटकको तिहार उत्सवमा करिब १५ वटा स्टल राख्ने तयारी गरिएको आयोजकले जनाएको छ । स्टल सञ्चालनको लागि सरकारी कार्यालय वा सरकारी निकायमा दर्ता भएका संस्था तथा फर्म र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति पत्र प्राप्त गरेका व्यवसायीलाई सहभागी हुन आमन्त्रण गरिएको छ । यसबाट उत्सवमा बिक्रीको लागि राखिने खाद्यवस्तु तथा अन्य सामग्रीको गुणस्तर र व्यवसायिक विश्वसनीयतालाई समेत प्राथमिकता दिन खोजिएको आयोजकको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी संघ नेपाल बाँकेले सञ्चालन गर्दै आएको कोशेली घर नेपालगन्जले गत वर्षदेखि तिहारलाई लक्षित गरी महिला उद्यमीका घरायसी तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न तिहार उत्सव आयोजना गर्दै आएको छ । गत वर्ष सुरु गरिएको यस प्रयासलाई निरन्तरता दिँदै यस वर्ष पनि तिहार उत्सव आयोजना गर्न लागिएको हो ।
कोशेली घरले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने माध्यमका रूपमा काम गर्दै आएको छ । घरमै उत्पादन गरिएका खाद्य सामग्री, हस्तकलाका वस्तु, परम्परागत सामग्री तथा स्थानीय सीप र प्रविधिमा आधारित उत्पादनलाई बजार उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो । तिहार उत्सवले यस्ता उत्पादनलाई एकै स्थानमा प्रदर्शनी तथा बिक्रीका लागि राख्ने अवसर प्रदान गर्नेछ ।
आयोजकका अनुसार उत्सवको मुख्य उद्देश्य महिला उद्यमीलाई प्रोत्साहन गर्नु, उनीहरूले उत्पादन गरेका सामग्रीको बजार विस्तार गर्नु र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउनु हो । विशेषगरी चाडपर्वका समयमा बजारमा बाह्य उत्पादनको प्रयोग बढ्ने अवस्थामा स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सामग्रीको उपयोगलाई प्राथमिकता दिन उत्सवले प्रेरित गर्ने विश्वास गरिएको छ ।
यसैगरी नेपाली मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका परिकार तथा सामग्रीको प्रवद्र्धन गर्नु पनि उत्सवको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ । तिहारमा प्रयोग हुने परम्परागत पूजाका सामग्री, स्थानीय खाद्य परिकार, फूलमाला तथा हस्तकलाका वस्तुको प्रदर्शनी र बिक्रीले नेपाली मौलिकता र स्थानीय उत्पादनको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
उत्सवका क्रममा स्टलमा राखिएका सामग्री तत्काल बिक्री वितरण गर्नुका साथै उत्सव सम्पन्न भएपछि पनि उपभोक्ताको मागअनुसार ती वस्तु तथा सामग्री कोशेली घर नेपालगन्जमा उपलब्ध गराउने व्यवस्था मिलाइने आयोजकले जनाएको छ । यसले दुई दिनको उत्सवमा मात्रै सीमित नभई महिला उद्यमीका उत्पादनलाई नियमित रूपमा बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले विगत एक दशकदेखि महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण र प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । संघले हरेक वर्ष लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई व्यापक रूपमा प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्रदान गर्दै आएको छ ।
यस्ता प्रदर्शनी तथा उत्सवले महिलालाई व्यापार, व्यवसाय र उद्यमशीलताप्रति आकर्षित गर्नुका साथै आफ्नै सीप, श्रम र क्षमताको उपयोग गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास गरिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बजार विस्तार हुँदा उनीहरूको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्न सक्छ ।
विशेषगरी घरायसी सीप र परम्परागत ज्ञानमा आधारित उत्पादनलाई व्यावसायिक रूप दिन, नयाँ बजार खोज्न र उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रम उपयोगी हुने देखिन्छन् । कोशेली घरले आयोजना गर्न लागेको तिहार उत्सवले पनि महिला उद्यमीका उत्पादनलाई थप पहिचान दिलाउँदै स्वदेशी तथा अर्गानिक वस्तुको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
तिहारको किनमेललाई स्थानीय उत्पादनसँग जोड्दै महिला उद्यमीको मेहनत र सिर्जनशीलतालाई उपभोक्तासमक्ष पुर्याेउने लक्ष्यसहित आयोजना हुन लागेको ‘तिहार उत्सव–२०८३’ ले नेपालगन्जमा स्थानीय उत्पादन, महिला उद्यमशीलता र नेपाली मौलिक संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्यागउने आयोजकको विश्वास छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले तिहार उत्सव महिला उद्यमीका स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँका अनुसार महिला उद्यमीले घरमै उत्पादन गरेका वस्तु तथा सामग्रीले बजार पाउने वातावरण सिर्जना गर्नु, नेपाली अर्गानिक उत्पादनको उपभोग बढाउनु र स्थानीय उत्पादनलाई उपभोक्तासमक्ष पुर्यालउनु उत्सवको मुख्य उद्देश्य हो ।
अध्यक्ष सिंहले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीलाई बजारसँग जोड्न सके उनीहरूको व्यवसाय विस्तार हुनुका साथै आर्थिक आत्मनिर्भरतामा समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य महिला उद्यमीले उत्पादन गरेका स्थानीय वस्तु तथा सामग्रीलाई प्रवद्र्धन गर्ने, बजारीकरण गर्ने र नेपाली अर्गानिक उत्पादनलाई उपभोक्तासम्म पु¥याउने हो । महिलाहरूले घरमै विभिन्न सीप र मेहनतका साथ उत्पादन गरेका सामग्रीले उचित बजार र मूल्य पाउनुपर्छ । त्यसको लागि कोशेली घरले यस्ता उत्सव तथा प्रदर्शनीमार्फत उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने प्रयास गरिरहेको छ ।’
उहाँले महिला उद्यमीलाई केवल उत्पादनमा मात्र सीमित नराखी सफल व्यवसायीका रूपमा स्थापित गराउने लक्ष्य रहेको पनि बताउनुभयो । स्थानीय उत्पादनको नियमित बिक्री वितरण, बजार विस्तार र उपभोक्ताको मागअनुसार उत्पादन गर्न सके महिलाहरूको आम्दानी बढ्ने र उनीहरू आर्थिक रूपमा सबल बन्न सक्ने उहाँको भनाइ छ । उहाँले अगाडी भन्नु भयो, ‘महिलाहरूलाई उद्यमशीलतामा जोडेर आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने बनाउनु आवश्यक छ । उनीहरूले उत्पादन गरेका वस्तु बिक्री हुने बजार सुनिश्चित गर्न सके व्यवसायप्रति थप उत्साह र आत्मविश्वास बढ्छ । हाम्रो प्रयास महिला उद्यमीलाई उत्पादन गर्ने अवस्थाबाट सफल व्यवसायी बन्ने अवस्थासम्म लग्नु हो । यसबाट महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर र सबल बन्न बन्नेछन ।’ उहाँले नेपाली संस्कृति, परम्परा र स्थानीय पहिचान बोकेका अर्गानिक खाद्यवस्तु तथा घरेलु सामग्रीको प्रयोगलाई प्राथमिकता दिन पनि उपभोक्तालाई आग्रह गर्नुभएको छ । स्वदेशी उत्पादनको उपभोग बढेमा स्थानीय उत्पादन गर्ने उद्यमीलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय अर्थतन्त्रको विकासमा समेत योगदान पुग्ने उहाँको विश्वास छ ।