रनियापुरका स्तनपायी आमाहरुलाई दुग्ध बर्धक औषधि वितरण
Wednesday, April 24th, 2024, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ वैशाख
खजुरा गाउँपालिकाको रनियापुरमा नवजात शिशुको सुरक्षार्थ स्तनपायी आमाहरुलाई दुग्ध बर्धक औषधी वितरण गरिएको छ ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र(आयुर्वेद शाखा) खजुरा बाँकेको आयोजनामा दुग्ध बर्धक औषधि वितरण गरिएको हो ।
बुधबार १ सय १ जना सुत्केरी आमाहरुलाई औषधि तथा मालिस गर्ने तेल वितरण गरिएको आयोजक खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताउनु भयो ।
कार्यक्रममा ६ महिना भित्रका सुत्केरी आमाहरुलाई औषधि वितरण गरिएको थियो । रनियापुर स्वास्थ्य चौकीमा आयोजना गरिएको औषधि वितरण कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ८ अध्यक्ष फिरोज खान, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. गीता रेग्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका सामाजिक संयोजक कृष्णा कुमारी पोख्रेल, स्वास्थ्य शाखा नर्सिङ अधिकृत लक्ष्मी केसी, रनियापुर स्वास्थय चौकी प्रमुख पृथ्वीनाथ योगी, आयुर्वेद शाखा प्रमुख किरण खनाल लगायतको सहभागिता रहेको थियो ।