निःशुल्क आँखा जाँच शिविर सम्पन्न
Thursday, May 2nd, 2024, 10:06 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० वैशाख
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले निःशुल्क आँखा जाँच शिविर गरेको छ । नेपालगन्ज आँखा अस्पताल प्रालिको सहकार्यमा गरिएको शिविर वडा कार्यालय परिसरमा गरिएको थियो ।
शिविरमा १ सय ५० जनाले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । त्यसमा ३० जनालाई मोतिबिन्दुको समस्या देखिएको वडा कार्यालयले जनाएको छ ।
वडावासीहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्नको स्वास्थ्य शिविर आयोजना गरिएको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले बताउनु भयो । उहाँले भन्नु भयो,‘वडावासीलाई सहज होस भनेर स्वास्थ्य शिविर गरिएको हो । विशेष गरी जेष्ठ नागरिक, वृद्ध–वृद्धाहरुलाई चेकजाँच गराउन टाठा जान समस्या हुन्छ । उहाँहरुलाई सहज होस भनेर निःशुल्क स्वास्थ्य शिविर गरेको हौं ।’
स्वास्थ्य शिविरमा आएका बिरामीहरुको चेकजाँच गर्नमा नेपालगन्ज आँखा अस्पतालका डा. बद्री श्रेष्ठ, नेत्र सहायक दिलासा खनाल, स्वतिका भगोरिया, स्वयमसेवक पुष्पा श्रेष्ठ, बुद्धिमति थारु, आमा समुह अध्यक्ष मिना शर्मा, बुद्धिमति चौधरी, माधवा चौधरी, सुनिता चिडिमार लगायतले सहयोग गर्नु भएको थियो ।

………..
शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा दृष्टि अपाङ्गता भएका अधिकारकर्मी अमृत आचार्य, विशिष्ट अतिथीको रुपमा पुर्व प्रदेश मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, जेष्ठ नागरिक क्लबका अध्यक्ष समाजसेवी अजित कुमार शर्मा, समाजसेवी दिवाकर गौतम, हरिहर गौतम लगायतको उपस्थिती रहेको थियो ।

…………..