शौन्दर्यकला व्यवसायीहरुको लागि नेपालगञ्जमा उदघोषणकला तालिम शुरु भएको छ
Saturday, May 4th, 2024, 6:01 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ वैशाख
शौन्दर्यकला व्यवसायी महिलाहरुका लागि नेपालगञ्जमा उदघोषणकला सम्बन्धि पाँच दिने निःशुल्क तालिम शुरु भएको छ ।
शौन्दर्यकला व्यवसायीहरुमा बोल्ने तथा कार्यक्रम संचालन गर्ने क्षमता अभिबृद्धिका लागि पाँच दिने निःशुल्क तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको हो ।
तालिमलाई शौन्दर्यकला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष शर्मिला खत्री, वरिष्ठ व्यूटिसियन तथा संघका केन्द्रीय सल्लाहकार सोनिया श्रेष्ठले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बोल्दै केन्द्रीय उपाध्यक्ष खत्रीले तपाई हामीलाई उद्घोषण कलाको आवश्यकता रहेको बताउनुभयो ।
कुनै कार्यक्रम संचालन गर्न, बैठक संचालन गर्न तथा आफ्ना कुराहरु व्यक्त गर्न पनि हिचकिचाउने अवस्था रहेकाले यो तालिमले त्यस्ता कुराहरुको समाधान गर्ने उहाँले बताउनुभयो । यस्तै वरिष्ठ व्यूटिसियन एव केन्द्रीय सल्लाहकार श्रेष्ठले व्यवसायसँगै बोल्ने क्षमता हुनु राम्रो हुने बताउनुभयो ।
उहाँले व्यूटिसियन दिदीबहिनीहरुमा यसले व्यवसयामा सहजता प्रदान गर्न मद्दत गर्ने बताउनुभयो । व्यवसायी संघ, जिल्ला शाखा बाँकेकी अध्यक्ष राधा शाहले महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धिका लागि यो तालिम संचालन गरिएको बताउनुभयो । निःशुल्क रुपमा क्षमता अभिबृद्धिको अवसर प्रदान गर्न संघले यो तालिम संचालन गरेको भन्दै व्यवसायी साथीहरुमा यसले सकारात्मक उर्जाको विकास गर्ने बताउनुभयो ।
संघ बाँकेकी सचिव प्रमिला चौधरीले स्वागत गर्नुभएको उद्घाटन गर्नुभएकी कार्यक्रमलाई कोषाध्यक्ष सरिता बोहराले संचालन गर्नुभएको थियो । नेपालगञ्ज, राँझा, फुल्टेक्रा, मुक्तिपुर लगायतका क्षेत्रका करिब २५ जना व्यूटिसियन व्यवसायीहरुको सहभागिता रहेको तालिमलाई पत्रकार भिष्म लोध र साबित्री बिश्वकर्माले सहजीकरण गरिरहनुभएको छ ।