हिरोको दशैं–तिहार एक्सचेन्ज मेला : ‘दुई चक्के किन्दा चार चक्के वम्पर उपहार’
Wednesday, October 2nd, 2024, 9:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असोज
नेपाली ग्राहकको सर्वाधिक रोजाईमा पर्ने मोटरसाईकल हो हिरो । त्यही हिरो मोटरसाईकलले हिन्दुहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गरेर विभिन्न आर्कषक अफरहरुको घोषणा गरेको छ । नेपालगन्जको कारकादोमा असोज १४ देखि असोज १९ गते सम्म हिरो मोटरसाईकको एक्सचेन्ज मेला भैरहेको छ । जहाँ ग्राहकहरुले आफनो पुरानो मोटरसाइकल लिएर नयाँ मोटरसाइकल लिन सक्नुहुनेछ । यसरी एक्सचेन्ज अफर मार्फत बाइक खरिद गरेका ग्राहकले ५ हजार बराबरको एशोसिरिज(पार्टस)पनि निःशुल्क रुपमा पाउनेछन् ।

……….
यसैगरी दशै र तिहार सम्म कुनै एउटा मोटरसाईकल वा स्कुटर खरिद गर्दा पाईने कुपन स्क्रयाच गर्दा ८ हजार देखि ५ लाख सम्मको ग्राहकले नगद पुरस्कार पाउने भएका छन् । यस अफर अवधिमा बाईक तथा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकले वम्पर अफरमा नेट एभ कार समेत उपहार पाउने कम्पनीले जनाएको छ । दशंै, तिहार र छठ पर्वलाई लक्षित गरेर हिरो मोटसाईकलका लागि बाँकेको आधिकारिक विक्रेता एमएस टे«ड इन्टरनेशनलले पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

……
फेस्टिवललाई लक्षित गरेर एमएस टे«ड इन्टरनेशनलले नेपालगन्जको कारकादो चोकमा एक्सचेन्ज मेलाको आयोजना गरेको छ । चाडपर्वलाई लक्षित गरेर ग्राहकहरुलाई थप आर्कषक पुरस्कारको पनि व्यवस्था गरिएको एमएस टे«ड इन्टरनेशनलका सेल्स म्यानेजर मनोज थारुले बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालगन्जमा धेरै ग्राहकले चढने बाइक हो हिरो । मुल्य पनि अन्य बाइक भन्दा सस्तो छ । पार्टसहरु पनि बलियो छन् । एक्सचेन्ज गर्दा पनि सहजै गर्न सकिन्छ । त्यसैले हिरो मोटरसाइकललाई ग्राहकले मन पराउनु भएको छ ।’
‘हिरोको दशैं तिहार अफर, जित्नुहोस ८ हजार देखि ५ लाख नगद उपहार’ अफरले पनि ग्राहकलाई आर्कषित गरिरहेको बताउँनुहुन्छ एमएस टे«ड इन्टरनेशनलको सेल्स एक्जुकेटिभ बिनिता रानामगर । ग्राहकहरुले अहिले चाडपर्वको अवसरमा मोटरसाइकल वा स्कुटर खरिद गर्दा थप नयाँ अफर पाईरहेको उहाँले बताउनु भयो । बिनिता राना मगरका अनुसार अहिलेको अफरमा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले अतिरिक्त उपहारको रुपमा छठपर्व सम्म हेल्मेट, बाइक कभर, ल्यापटप ब्याग, ग्लब्स, वाक्स, स्कुटर प्रयोग गरिने म्याट जस्ता सामान निःशुल्क पाउनेछन् ।

……….