विशेष अफर सहित शुभ लाभ इन्टरप्राईजेजको एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्पस सुरु
Friday, February 21st, 2025, 11:34 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन

……
सांग्रिला मोर्टस प्रालिको आधिकारिक विक्रेता शुभ लाभ इन्टरप्राईजेज प्रालि नेपालगन्जले आफनो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प संचालन गरेको छ । विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पमा ग्राहकहरुले लिपमोटर सी–१०, र सिट्रोन सी–३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर वितीय सुविधा पाउने शुभ लाभ इन्टरप्राईजेज प्रालि नेपालगन्जका प्रमुख निरञ्जन राजभण्डारीले बताउनु भयो ।
लिपमोटर सी–१० एक नयाँ पिढीको विद्युतीय सवारी साधन हो । जसले स्लीक डिजाईनलाई शंक्तिशाली प्रदर्शनीसँग मिलाएर उत्कृष्ट ड्राईविङ अनुभव प्रदान गर्ने गरेको राजभण्डारीले बताउनु भयो । जसको दुरी र स्मार्ट प्रविधिको सुविधाहरु प्रशंसनीय रहेको उहाँले जानकारी गराउनु भयो ।
सिट्रोन सी–३ सहरी गतिशीलतामा नवीनतम विकास भएको कम्पनीले जनाएको छ । जसले स्टाइल र आरामलाई एक समर्पित सवारी साधानमा एकत्रित गरेको दाबी गरिएको छ । जुन आधुनिक चालकहरुको लागि डिजाईन गरिएको हो । ती दुबै सवारी साधानहरुको दिगो यातायातको साधन भएको बताइएको छ ।

…….
क्याम्पसमा आगन्तुकहरुलाई टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरु प्राप्तहुनेछन् भने निःशुल्क ७ केडब्लु वाल चार्जर पनि पाउनेछन् । यस क्याम्पले नेपालगन्जका ग्राहकहरुलाई विद्युतीय सवारी साधनहहरुको नवीनतम प्रविधि अन्वेषण गर्ने बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरुको फाइदा उठाउँने अवसर प्रदान गरेको राजभण्डारीले बताउनु भयो ।
शुभ लाभ इन्टरप्राइजेज एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सवारी साधनलाई अपग्रेड गर्ने र दिगो ड्राइभिङको अवसर भएको उहाँले बताउनु भयो ।