जेडी कलेक्सनले मनायो दोस्रो वार्षिक उत्सव
Friday, February 21st, 2025, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
नेपालगन्ज न्युरोडमा रहेको जेडी कलेक्सनले दोस्रो वार्षिक उत्सव मनाएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, मीना श्रेष्ठ, नेपालगन्ज उप–महानगरपालिका निर्वतमान उप–प्रमुख उमा थापा, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले संयुक्त रुपमा केक काटेर वार्षिक उत्सव कार्यक्रमको सुरुआत गर्नु भएको थियो ।
साहित्यकार एवम् पत्रकार रिचा लुइटेलले दुई वर्ष जेडी कलेक्सन संचालन गर्दै आउनु भएको छ । घरबाटै अनलाइनमा मार्फत सुरुआत गरगहना बिक्री गर्न सुरु गर्नु भएको रिचाले व्यवसाय बढदै गएपछि नेपालगन्ज न्युरोडमा आउटलेट खोल्नु भएको थियो ।

……….
सुनको मुल्य बढदै गएपछि पछिल्लो समय महिलाहरुमा विभिन्न ब्राण्डका गर–गहना लगाउने प्रचलन बढदै गएको छ । आफैले पञ्चधातुका गरगहना बनाएर बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।
संचालक लुइटटेलले भन्नु भयो,‘एकदमै खुसी छु । दुई वर्षको यात्रा एकदमै उत्साह जनक भयो । सोचेको पनि थिएन यत्रो ठुलो सफलता हासिल गर्न सकिन्छ होला भनेर । अब नेपालगन्जमै गरगहना उत्पादन गरेर बिक्री गर्ने योजना छ । दिदी बहिनाहरुलाई तालिम दिएर दक्ष बनाएर गुणस्तरीय सामान उत्पादन गरेर बिक्री गर्नको लागि मिहिनेत गरिरहेको छु ।’
जेडी कलेक्सनलाई सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद दिदैं लुइटेलले आगामी दिनमा ग्राहकको चाहना अनुसारको सामान उत्पादन गर्ने योजना रहेको बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले रिचाले प्राप्त गरेको उपलब्धी अन्य महिला दिदी बहिनीहरुको लागि पनि उत्प्रेरणा दिने रहेको बताउनु भयो ।