मनोरम घोडाघोडी ताल
Friday, May 23rd, 2025, 6:50 am
Kalpristha
जी. थापा
नेपालगन्ज, ९ जेठ
नेपालगन्ज शहरदेखि १३० किलोमिटर पश्चिममा रहेको घोडाघोडी ताललाई प्रकृतिको मनोरम उपहारभन्दा पनि हुन्छ ।
पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल झण्डै १३८ हेक्टरमा फैलिएको छ । समुन्द्र सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । यो तालको औसत गहिराइ अन्दाजी ४ मिटर रहेको छ । यो तालको भौतिक आकार १९ वटा औंला भएको हत्केला जस्तो देखिन्छ भन्ने भनाइ छ ।

………
एक अध्ययनका अनुसार घोडाघाडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरु, ३२ प्रजातिका पुतलीहरु, ११ प्रजातिका गोहीहरु, ७ प्रजातिका घस्रिने जन्तुहरु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेको पाईन्छ ।
वातावरणीय र जैविक विविधताले अत्यन्त धनी यो ताललाई राजधानीसँग जोड्न सकेको खण्डमा विदेशी पाहुनाहरुको उत्कृष्ट गन्तव्य स्थल बन्ने प्रचुर सम्भावना देखिन्छ ।
प्रकृतिसँग रमाउने र छुट्टृीको बेला घुम्न जाने अहिलेको सिर्जनशील पुस्ताका लागि घोडाघोडी ताल राम्रो विकल्प बन्दै गइरहेको छ ।

…………..
तालको उत्तर पूर्वमा जाने भित्री बाटोको ठाउँ ठाउँमा झुण्डाइएका चोयाको टोपी, डोकालगायतका सेल्फी पोइन्टले मनै लोभ्याउने दृश्य पस्केको भान हुन्छ ।
टिकटक बनाउने र कन्टेन्ट क्रियटर गर्ने अहिलेको युवा जमातका लागि मनोरम घोडाघोडी ताल आकर्षणको थलो बनेको छ ।