रोलिङ लायन ‘ए’, जय किसान, नेपालगन्ज मोडेल र सनविम विजयी
Friday, May 29th, 2026, 8:50 pm
Kalpristha
प्रथम यु–२०(नाइन–ए साईड) फुटबल
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १५ गते
रोलिङ लायन ‘ए’, जय किसान स्पोर्टस क्लब, नेपालगन्ज मोडेल एकेडेमी र सनविम माविले प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगिताको दोस्रो जित हासिल गरेका छन् । धम्बोझी क्लबको आयोजनामा जेठ १४ देखि सुरु भएको प्रतियोगिता जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका नेपालगन्ज धम्बोझीका दुई युवा ईन्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजना भैरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भएको पहिलो खेलमा रोलिङ लायनले कोहलपुरको रेसिङ सहारा क्लबलाई सडनडेथमा पराजित गरेको थियो । निर्धारित समय २–२ को बराबरीमा खेल सकिएको थियो । रोलिङका खगेन्द्र थापाले १३औं र ४६औं मिनेटमा गोल गर्नु भएको थियो । रेसिङका रिजन घिमिरेले ६ र ३७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजयी रोलिङका गोलकिपर झलक पाण्डे म्यान अफ द म्याच घोषित हुनु भयो ।
अर्को खेलमा जय किसान स्पोर्टस क्लबले रेलिङ लायन ‘बी’लाई २–१ ले हराएको छ । जय किसानका प्रविण विसीले १७औं मिनेट र मिलन राम्जाली मगरले ५०औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा मिलन म्यान अफ द म्याच घोषित हुनु भयो । रेलिङको तर्फबाट १३औं मिनेटमा करण बैगारले गोल गर्नु भएको थियो ।
यसैगरी शुक्रबारको तेस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले योगिनी युवा क्लबलाई २–० ले पराजित गरेको छ । नेपालगन्ज मोडेलका प्रयास शाहीले २४औं मिनेटमा गोल गर्नु भएको थियो राबु मल्लले पेनाल्टी मार्फत गोल गर्नु भयो । खेलमा प्रयास म्यान अफ द म्याच घोषित हुनु भयो ।
चौथो खेलमा सनविम माविले हिमालयन सामुदायिक क्लबलाई सहजै ५–० ले पराजित गरेको छ । सनविमको तर्फबाट निशान राना मगरले ह्याट्रिक गर्नु भयो । म्यान अफ द म्याच निशानले ३७औं, ४०औं र ५२औं मिनेटमा गोल गर्नु भएको थियो भने विपिन सिंजालीले ४७औं मिनेटमा गोल गर्नु भयो ।

…………
त्यस्तै हिमालयनको तर्फबाट सन्दिप बस्नेतले एक आत्मघाती गोल गर्नु भयो । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

………..

……….

………