एन्जल्स स्कुलले जित्यो लोकनृत्य प्रतियोगिताको उपाधि
Friday, May 29th, 2026, 9:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १५ गते
नेपालगन्जको एन्जल्स स्कुलले प्रथम ‘मेयर सांस्कृतिक कप–२०८३’ अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ । बाँके कला केन्द्र नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको प्रथम मेयर सांस्कृतिक कपमा पशुपति मावि रा“झाले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । त्यसैगरी मोडेल एकेडेमी नेपालगन्ज र न्यु ग्यालेक्सी स्कूलले संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्कूलले क्रमश ५१ हजार, ३१ हजार र १० हजार ५ सय, १० हजार ५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बा“के कला केन्द्रको अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन बा“के, नाट्टा बा“के च्याप्टर, होटल व्यवसायी महासंघ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वर्गीय गीतकार तथा संगीतकार महेन्द्र हमालको योगदानको स्मरण गर्दै उनकी धर्मपत्नी शान्ति हमाललाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमले सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रबीच आपसी सहकार्य र सम्मानको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।
प्रतियोगितामा बा“के जिल्लाका १२ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली लोकसंस्कृति, लोकनृत्य तथा मौलिक कलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा रहनु भएको थियो । कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै बा“के कला केन्द्रले कला, संस्कृति तथा लोकपरम्पराको जगेर्नामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।