नवज्योती युवा क्लब, भैयापुर एफसी र बैजनाथ युवा क्लब विजयी
Saturday, May 30th, 2026, 7:31 pm
Kalpristha
गणेश राई
नेपालगन्ज, जेठ १५ गते
नवज्योती युवा क्लब, भैयापुर एफसी र बैजनाथ युवा क्लबले प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगितामा शनिबार जित हासिल गरेका छन् । जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका नेपालगन्ज धम्बोझीका दुई युवा ईन्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा प्रतियोगिता भैरहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ २१ गते हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भएको पहिलो खेलमा नवज्योगती युवा क्लबले नवदुर्गा युवा क्लबलाई २–१ ले पराजित गरेको छ । नवज्योतीका लागि विकास थापाले ३३औं र ४६औं मिनेटमा गोल गर्नु भयो । खेलमा विकास म्यान अफ द म्याच घोषित हुनु भयो । नवदुर्गाका लागि प्रशान्त तामाङले ४ मिनेटमा गोल गर्नु भएको थियो ।
अर्को खेलमा भैयापुर एफसीले अरणनिको क्लब बैजनाथलाई १–० ले हरायो । भैयापुरका लागि दिनेश बुढामगरले ३६औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा दिनेश म्यान अफ द म्याच घोषित हुनु भयो । यसैगरी बैजनाथ युवा क्लबले मोडेल एफसीलाई ४–१ ले हराएको छ । बैजनाथका लागि दिवस लामाले ह्याट्रिक गर्नु भएको थियो । म्यान अफ द म्याच दिवसले ६ मिनेट, ११औं र ४२औं मिनेटमा गोल गर्नु भएको थियो ।
मोडेल एफसीको लागि अर्जुन सुनारले सुरुआत दुई मिनेटमा गोल गर्नु भएको थियो । मोडेलको तर्फबाट एक आत्मघाती गोल भएको थियो । यसैगरी शनिबारको एफसी सिमलघारी र नुकीलपुर युवा समाजबिचको खेलमा सिमलघारीले वाकओभर दिएको छ ।

…………
धम्बोझी क्लबको आयोजनामा भैरहेको प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले बताउनु भयो ।