खजुराको ब्रदर्श एफसी फाइनलमा प्रवेश
Tuesday, June 2nd, 2026, 8:37 pm
Kalpristha
प्रथम यु–२०(नाइन–ए साईड) फुटबल
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १९
खजुराको ब्रदर्श एफसी जेन्जी सहिद ई. सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भैरहेको प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धम्बोझी क्लबको आयोजनामा नेपालगन्ज–०१ विशालचोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भैरहेको खेलमा ब्रदर्शले बैजनाथ युवा क्लबलाई २–१ ले पराजित गरेको छ । ब्रदर्शको जितमा सुरज विष्टले एक्लै २ गोल गर्नु भयो ।
विष्टले सुरुआतको चार मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाउन भएको थियो । विष्टले दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज अवस्थामा लग्नु भयो ।
बैजनाथका लागि शिव टमाटाले ५०औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा ब्रदर्शका गोलकिपर रितेश खड्का म्यान अफ द म्याच घोषित हुनु भयो । अब जेठ २१ गते हुने फाइनलमा ब्रदर्शले आयोजक धम्बोझी क्लब र हिमालयन सामुदायिक क्लबबिचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा धम्बोझीले निक्लीपुर युवा समाजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । धम्बोझीको सहज जितमा रोयल पुनले १३औं मिनेट, पविन थारुले २३औं मिनेट र महेश बुढाथोकीले २७औं मिनेटमा गोल गर्नु भयो ।
खेलमा धम्बोझीका सुदिप परियार म्यान अफ द म्याच घोषित हुनु भयो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता जेन्जी सहिदद्धय ई. शुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतीमा आयोजना गरिएको हो ।

……

……..
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले जनाउनु भएको छ ।