वडा अधिवेशनको तयारीमा जुट्यो कांग्रेस बाँके
Saturday, September 12th, 2026, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भदौं
नेपाली कांग्रेस बाँकेले १५औं महाधिवेशनको तयारीलाई तिव्र गतिमा अगाडी बढाएको छ । असोज ३ गते वडा अधिवेशनबाट कांग्रेसको १५औं महाधिवेशनको सुरुआत वडा स्तरबाट हुनेछ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले महाधिवेशनको तयारी तिव्र गतिमा अगाडी बढेको बताउनु भयो । शनिबार नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा वडा देखि केन्द्र सम्मका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ ।

………

…………..
असोज ३ गते बाँकेका ८१ वटैं वडामा अधिवेशन हुने सभापति गौडेलले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेस बाँके १५औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटिसकेको छ । सुरुआतमा वडाको अधिवेशन गर्नको लागि तयारी भएको छ । त्यसको छलफलको लागि हामीले पार्टीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेताहरुलाई बोलाएर छलफल गरेर जानकारी गराएको छौं ।’
शनिबारको छलफलमा नेपाली कांग्रेस बाँकेले वडा सभापति, पालिका, नगरसभापति, प्रदेश सभापति, प्रदेश महाधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पुर्व पार्टी सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा पार्टीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेताहरुलाई बोलाएर छलफल गरेको थियो । प्रत्येक वडामा जाने निर्वाचन अधिकृत र प्रतिनिधिहरुको बारेमा पनि तयारी गरेको सभापति गौडेलले बताउनु भयो ।
अधिवेशनको सम्पुर्ण तयारी पुरा भएकोले चुनौति केहि पनि नभएको उहाँले बताउनु भयो । नेपाली कांग्रेसले देशभर असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार निर्वाचन सम्पन्न गर्ने तयारी गरेको छ । जसमा ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुनेछ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ । नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले १५औं महाधिवेशनको तयारीमा बाँकेका नेता तथा कार्यकर्ता उत्साहका साथ अगाडी बढिरहेको बताउनु भयो ।