२०औं एसियाली खेलकुदमा अफिसियलको भुमिका निर्वाह गर्दै चाहना शाह
Tuesday, September 15th, 2026, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३० भदौं
नेपालगन्जकी चाहना शाह जापानमा हुन लागेको २०औं एसियाली खेलकुदमा ट्रायथलन अफिसियलको भुमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । शाहसँगै नेपालबाट पुष्परत्न बज्राचार्यले ट्रायथलनबाट एसियाली खेलकुदमा अफिसियलको भुमिका निर्वाह गर्नेछन् ।
बुधबार नेपाल ट्रायथलन संघले जापान जाने ट्रायथलनका दुई टेक्निकल अफिसरलाई विदाइ गरेको थियो । शाहले यसअघि चीनमा भएको १९औं एसियाली खेलकुद, युथ एसियाली खेलकुद, साग खेलकुद लगायतका प्रतियोगितामा अफिसियलको रुपमा काम गरिसकेकी छिन् ।
जापानको आइची नागोयामा हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलन टेक्निकल अफिसरको रुपमा सहभागी हुनेछन् । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ दुवैलाई शुभकामनासहित विदाइ गर्दै एसियाडजस्तो ठूलो खेलकुद मेलामा टेक्निकल अफिसरहरुको भूमिका र जिम्मेवारी पनि महत्वपूर्ण हुने बताउनुभयो ।
एसियाडमा नेपाली ट्रायथलन आगामी एसियाली खेलकुदमा नेपालले ट्रायथलनमा भने भाग लिएको छैन । अध्यक्ष श्रेष्ठले यसपालि ओलम्पिकको विवादका कारण नेपाली ट्रायथलन समावेश हुन नसकेको भनाई राख्नुभयो । ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश गरिएन । जसले ट्रायथलन खेलाडीलाई अन्याय भएको उहाँले बताउनु भयो ।