मानसिक रोग न्यूनिकरणमा सबैको सक्रियता जरूरी
Saturday, October 10th, 2026, 8:36 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २४ असोज
मानसिक रोगको निवारणमा सबैको सजकता हुनुपर्नेमा जोड दिइएको छ । बढ्दो विकासक्रम संगै मानसिक रोगका बिरामीको संख्यामा बढोत्तरी हुँदै गएकाले टोल, विद्यालयतहदेखि नै यसको निवारणमा सबैको सक्रियता बढ्नुपर्ने नेपालगन्जमा शनिबार आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका हुन् ।
विकासित विलासिताका सामान नपाएको अवस्थामा बालबालिका मानसिक तवरले बिरामी हुने गरेका छन् भने विभिन्न उमेरका व्यक्ति पनि विविध कारणले मानसिक तवरले रोगी हुनुपर्ने भएको हुँदा स्वास्थ्य संस्थामा आउने बिरामीलाई उचित प्ररामर्श दिन स्थानीय वडा कार्यालय, जनप्रतिनिधि, वडास्तरमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको प्रभावकारी भूमिका हुनुपर्नेमा स्वयंले जोड दिएका छन् ।
पछिल्लो समय बाँकेमा मानिसक रोगबाट ग्रसित भएकाहरूको संख्या बढेको छ । उपचार सेवाको तथ्याँक अनुसार नेपालमा मानसिक बिरामीको संख्या बढ्दै गइरहेको मानसिक रोग बिशेषज्ञ डाक्टर लीला देवकोटा बताउनुभयो । उहाँका अनुसार पुरुषको तुलनामा महिलाको संख्या दोब्बर छ ।
व्यस्त जीवनशैली, एक्लोपन, दुव्र्यसनी र सामाजिक बेवास्ताका कारण युवावर्ग पनि यो रोगको चपेटामा रहेको उहाँको भनाइ छ । महिला अधिकार न्यूनीकरणका लागि राज्यमा घरेलु हिंसाको दर घट्नेको साटो बढेको देखिन्छ, जुन मानसिक रोगको प्रमुख कारण मानिने डाक्टर देवकोटाले बताउनुभयो । डाक्टर देवकोटाले स्थानीय तहले यसको निराकरणका लागि प्रमुखताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गरेको मानसिक रोगबारे आयोजना गरेको सरोकारवालाबीच अन्तरक्रियामा बोल्दै निमित्त नेपालगन्जका नगर प्रमुख समीर प्रताप सिंहले यो समस्या समाजमा बढ्दै भएकाले हामी सबैको जरुरी रहेको बताउनुभयो ।
नेपालगन्जका जनस्वास्थ्य निरीक्षक राजन शाहीका अनुसार कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रिजाल, नेपालगन्जको मंगल प्रसाद मावि, धम्बोझी मावि, घरवारीटोल विद्यालयका प्रधानाध्यापक र विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।