एक्स्ट्रिममा थपिए पाँच नयाँ स्वाद, उपभोक्तालाई थप विकल्प
Wednesday, November 25th, 2026, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ९ मंसिर
इनर्जी ड्रिंक बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको एक्स्ट्रिमले पाँच नयाँ स्वादका उत्पादन बजारमा ल्याएको छ । उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले नयाँ फ्लेभर सार्वजनिक गरेको हो । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले अब एउटै ब्रान्डअन्तर्गत पाँच फरक स्वादको विकल्प पाउने भएका छन् । नयाँ स्वादसँगै कम्पनीले उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्ने थप अवसर दिएको छ ।
कम्पनीले ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ तथा ग्रेपफ्रुट र पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको छ । रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि सार्वजनिक गरिएको छ ।
फरक स्वाद र आकर्षक नामसहित बजारमा ल्याइएका यी उत्पादनले एक्स्ट्रिमको उत्पादन विविधतालाई थप फराकिलो बनाउने कम्पनीको विश्वास छ । उपभोक्ताको बदलिँदो स्वाद र मागलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पाँचवटै नयाँ स्वादका पेय पदार्थको बिक्री वितरणसमेत सुरु भइसकेको छ ।
इनर्जी ड्रिंक बजारमा उपभोक्ताको रुचि र रोजाइमा विविधता थपिँदै गएको अवस्थामा एक्स्ट्रिमले नयाँ स्वादमार्फत आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरेको हो । कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको माग र रुचिअनुसार उत्पादनमा विविधता थप्दै जाने लक्ष्य राखेको जनाएको छ ।