नेपालका डा. चन्दले अस्ट्रेलियाको ‘आउटस्ट्यान्डिङ अलुम्नाई-२०२६’ अवार्ड पाउँदैं
Sunday, October 11th, 2026, 5:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २५ असोज
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सूचना अधिकारी तथा वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दले ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड पाउनु हुने भएको छ । दक्षिण अस्ट्रेलिया सरकार र स्टडी एडिलेडले डा. चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् ।
डा. चन्द कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सूचना अधिकारी तथा वरिष्ठ कृषि इन्जिनियरको रुपमा कार्यरत हुनु हुन्छ ।
दक्षिण अस्ट्रेलियाका शैक्षिक संस्थाबाट शैक्षिक उपाधि हासिल गरेका विदेशी विद्यार्थीलाई प्रदान गरिने यो अवार्ड सन् २०२२ देखि सुरु भएको हो । अवार्डका लागि करिब २० सदस्यीय निर्णायक मण्डलले विभिन्न आधारमा मूल्यांकन गरी विजेता छनोट गर्ने गर्छन् ।
अवार्डका लागि उम्मेदवारले दक्षिण अस्ट्रेलियामा हासिल गरेको शिक्षाले वृत्तिविकासमा पुर्याएको योगदान, दक्षिण अस्ट्रेलियामा गरेको योगदान, अस्ट्रेलिया र आफ्नो देशबीच सम्बन्ध विस्तारको लागि खेलेको भूमिका, हालको कार्यसम्पादन तथा समुदाय र युवालाई प्रेरित गर्न गरेको स्वयंसेवा कार्यलाई मुख्य आधार मानिन्छ ।