पुर्व मन्त्री बादशाह कुर्मी भन्नु हुन्छः कांग्रेस बाँकेको सभापतिमा मेरो उम्मेदवारी हुनेछ
Wednesday, October 28th, 2026, 7:29 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ कात्तिक
संविधान सभा सदस्य एवम् पुर्व मन्त्री बादशाह कुर्मीले नेपाली कांग्रेस बाँकेको पार्टी सभापतिमा पुनः उम्मेदवारी दिने बताउनु भएको छ । पार्टीमा गरेको आफुले गरेको योगदानलाई मुल्यांकन गर्दै कांग्रेसका अग्रज नेता तथा कार्यकर्ताले आफुलाई सभापतिमा विजयी गराउने विश्वास लिएको उहाँले बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले भन्नु भयो, ‘यसपटक मलाई पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु । मलाई राजनितिक रुपमा सक्काउन झुठा आरोप लगाएर दुःख दिने काम विगतदेखि भैरहेको छ तर मैले पार्टीको सिद्धान्त भन्दा बाहिर गएर कहिलै काम गरेको छैन । जनताको सेवामा सधै सक्रिय भएर लागेको छु । नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढाउन मलाई सम्पुर्ण अग्रज नेता तथा कार्यकर्ताले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
बादशाह कुर्मीको राजनितिक यात्रा, वडा सचिव देखि मन्त्री सम्मः
नेपाली कांग्रेसका नेता बादशाह कुर्मी बाँके क्षेत्र नम्बर ३ ९ख०बाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । उहाँले नेकपा एमालेका भीम ओलीलाई हराउँदैं २ हजार ४ सय ८३ मतले हराउँदै निर्वाचित हुनु भएको हो। दुई पटक संविधान सभा सदस्य भएर काम गरिसकेका बादशाह पश्चिम नेपालको राजनिति इतिहासमा सालिन छबि बनाएका नेता हुन । जमिनदारको छोरा भएर पनि उनको जीवन शैली सामान्य छ । बाँकेको राजनितिमा उनी आफनो नाम जस्तै बादशाहका रुपमा उदाउँदैछन् । राजनितिमा उनको योगदान पनि ‘बादशाह’ को जस्तै छ । २८ वर्षको उमेरमा तत्कालिन परसपुर गाविस अध्यक्षमा चुनाव लडेका बादशाहले सफलता प्राप्त गर्न सकेनन् । तर त्यसपछि उनले लगातार दुई पटक परसपुरको गाविस अध्यक्ष बनेर त्यस क्षेत्रको विकासमा सक्रिय भएर लागे । आफनो जन्मथलो परसपुरबाट सुरु भएको उनको राजनिति यात्रा संविधान सभा सदस्य सम्म पुगिसकेको छ । जनताका माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् उनी ।
नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यतिबेला बाँके, प्रदेश सभा–३ ९२० मा चुनावी दौडमा छन् । २०६४ र २०७० सालमा दुई पटक समानुपातिक सभासद भएर उनले गरेका कामको आधारमा नै अहिले उनी आफ्नो मुल्यांकन स्वरुप मतदातामाझ पुगिरहेका छन्् । पार्टीमा गरेको लामो संर्घषका कारण राजनीतिमा फड्को मारेका कुर्मीले क्षेत्र नम्बर २ र ३ ९साविक क्षेत्र नम्बर ३ र ४ ० मा गरेका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा गरेको कामको स्थानीय स्तरमा गर्व गर्न लायक देखिन्छन् । नेता कुर्मीको पहलमा क्षेत्र नम्बर २ र ३ मा थुप्रै सडक निर्माण तथा स्तरउन्नती गरिएको छ । यस्तै कृषिका लागि विभिन्न कामहरु भएका छन् ।
कुर्मीकै पहलमा बाँकेको साईगाउँ—मनिकापुर हुदै कोहलपुरको चट्टार जोड्ने २४ किलोमिटर सडक कालोपत्र निर्माणको काम गरियो । यस्तै भन्सार रोडदेखी शिवपुरी सम्मको सडक, विपी चोकदेखी साहदत्तपुर सम्मको सडक, वाटरपार्कदेखी बनियागाउँ—गुरुवागाउँ—बकसपुर हुदै छत्तरपुर सम्मको कालोपत्रे, तेजनगरदेखी जुगुनभरिया हुदै खजुरारोड जोड्ने सडक, खजुरा खुर्दको नहर हुदै गिजरा गाउँ हुदै लाईनपुर सम्मको सडक, जोगागाउँदेखी बढैया सम्मको सडक, परस्पुरदेखी गौघाट सम्मको सडक, आर्दश नगरदेखी साईगाउँ सम्मको सडक कालोपत्रे गर्नमा कुर्मीको योगदान रहेको छ ।
यसैगरी परस्पुरदेखी राधापुर सम्मको सडक कालोपत्रे गर्नका लागि पनि कुर्मीले नै डिपिआर तयार गर्न लगाएका थिए । यसका साथै उनले सामाजिक कामको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा ज्ञान सागर उच्च माध्यामिक बिद्यालय स्थापनादेखी प्लसटु कक्षा सञ्चालन गर्न सफल भएका थिए ।
जोगागाउँ र गुरुवा गाउँमा रहेका दुई वटा ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्न ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन गरे । नेपालगन्जमा ‘कुमोदबोध’ नामक चक्रपथ ९२७ किमी० निर्माणका लागी उम्मेदवार कुर्मीले नै विशेष पहल गरेका थिए । यसअघिका सांसदको ईच्छाशक्ती नहुँदा उक्त चक्रपथ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।
कुर्मीले आफ्नो राजनीतिक यात्राका क्रममा विकासका लागि ग्रामिण र शहरी क्षेत्रमा धेरै योगदान गरेका छन् । खजुरामा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्नका लागि स्थानीय बासिन्दाले गरेको प्रयासलाई अझ सार्थक बनाउन स्वर्गिय सुशिल कोईरालामार्फत संघिय सरकारबाट बार्षिक रुपमा करोडौं बजेट विनियोजन गराउन सफल भएका थिए । यस्तै नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्न पनि कुर्मीले योगदान गरे । पिछडिएको क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, बिद्युत विस्तारका लागि उनले गरेको योगदान अविष्मरणीय छ ।
२०१५ साल असोज १५ गते साविक परस्पुर गाविसमा जन्मेका कुर्मीले आर्दशनगरमा रहेको सरकारी बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । कक्षा ६ देखी ९ सम्मको पढाई भने उनले नेपालगन्जस्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा गरे । कुर्मीले त्यसपछिको पढाई भने भारतबाट पुरा गरेका थिए । रुपैडिहास्थित रामजानकी कलेजबाट एसएलसी र प्लस टु उर्तीण गरे ।
२०३६ सालको जनमत संग्रहमा जब उनी सहभागी भए, त्यसपछि उनलाई राजनीतिको नसाले छोयोे । ‘गाउँघरका सबैले मलाई राजनीतिमा लाग्नुपर्छ भनेर सल्लाह सुझाव दिनुभयो, त्यसपछि मैले आफुलाई राजनीति क्षेत्रमा उभ्याउने प्रयास गरेको हुँ,’ विगतलाई सम्झिदै उनी भन्छन् । फलस्वरुप, २०४३ सालमा पञ्चायत विरुद्ध नेपाली काँग्रेसका तर्फबाट कुर्मी चुनाव लडे । तर, झिनो मतले उनी पराजित भए । त्यसपछि उनले आफुलाई राजनीतिमा झनै सक्रिय बनाए ।
२०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भए । ‘आन्दोलनका क्रममा त्यतिबेला मेरा हात भाँच्चिएको थियो, तरपनि मैले हार खाएन, झनै उत्साहित भए,’ कुर्मी भन्छन् । उनी २०४९ र २०५४ सालमा दुई पटक नेपाली काँग्रेसको तर्फबाट साविक परसपुर गाबिसको अध्यक्षमा निर्वाचित भए । गाविस अध्यक्ष हुँदा उनले आफ्नो ठाउँमा गरेको विकास निर्माणको कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुन्छ ।
स्थानीय निकायमा दुई पटक अनुभव लिईसकेपछि उनले पार्टीको जिल्ला स्तरमा आफ्नो पहुँच बढाए । जिल्ला सदस्यबाट कार्यसमितिमा छिरेका नेता कुर्मी २०६२र६३ मा काँग्रेस बाँकेको कार्यबाहक सभापति समेत भएर काम गरे ।
पार्टीमा अहिले सम्म ६ पटक महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्य भईसकेका उनी १४ औं महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको उम्मेदवार भएका थिए । तर सफल हुन भने सकेनन् । २०४८ र २०५६ सालमा काँग्रेसको किल्ला बनेको बाँके क्षेत्र नम्बर ३ मा २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा संघिय संसदको उम्मेदवार बनेपनि तत्कालिन बामगठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिदै झिनो मतले पराजित भए । तर यसपटक बाँके क्षेत्र नम्बर ३ ९ख० का जनताले उनलाई प्रदेश सासदको रुपमा जिम्मेवारी सुम्पिदिएका थिए भारी मतका साथ ।