जमुनाह सीमानाका पूर्णरुपमा खुला
Sunday, October 3rd, 2021, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
बाँकेको जमुनाह सीमानाका पूर्णरुपमा आइतबारबाट खुला गरिएको छ । मन्त्रीपरिषद् बैठकले दुई हप्ताअघि गरेको सीमा खोल्ने निणर्य कार्यान्वयनमा आउन सकेको थिएन ।
नाका पूर्णरुपमा नखुल्दा निजी सवारी साधन भारतबाट नेपाल आउन र नेपालबाट भारत लैजान रोक लगाइएको थियो । सिमानाकामा पैदल यात्रु, एम्बुलेन्स तथा मालबाहक सवारी साधनलाई मात्र आवत-जावत गर्न दिने गरिएको थियो ।
अब निजी सवारी साधनलाई पनि आइतबारबाट सीमा आवत-जावत गर्न खुला गरिएको छ । कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण गत बैशाखदेखि नाका बन्द गरिएको थियो ।
नाका नखुल्दा भारतमा किनमेल गर्न एवं स्वास्थ्योपचारको लागि जाने सर्वसाधारणहरुले सास्ति खेप्दै आएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल र भारतका सिमावर्ती जिल्लाका अधिकारीबीच छलफल गरेर आइतबारबाट नाका पूणर् रुपमा खोलिएको जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले आइतबारबाट नेपाल भारत सिमानाकामा निजी सवारी साधनलाई पनि आवत जावत खुल्ला गरिएको बताए ।
गेलालले सिमा खुलेपनि भारतबाट आउने ब्यक्तिले नेपाल सरकारले जारी गरेको ‘यात्रा व्यवस्थित सम्बन्धी आदेश’ लाई पालना गर्नुपर्ने जानकारी दिएका छन् । का अनुसार भारतबाट आउने ब्यक्तिले ७२ घण्टाभित्रमा कोभिड परिक्षण गरिएको रिपोर्टका साथै अनलाईन फाराम ईन्ट्री गरेर प्रतिलिपी पेश गर्नुपर्ने हुन्छ ।