हाम्रो एकिकृत सहकारीको प्रथम साधारण सभा सम्पन्न
Sunday, October 31st, 2021, 2:51 pm
Kalpristha
बर्दिया
हाम्रो एकीकृत कृषि सहकारी सस्थाको प्रथम वार्षिक साधारण सभा बासँगढीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गोविन्द प्रसाद उपाध्ययको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले गरेका थिए ।
प्रमुख अतिथी ढुंगानाले हाम्रो एकिकृत सहकारीले स्थापनाको छोटो समयमा राम्रो प्रगति गरेको बताए । सहकारीको प्रथम वर्ष भएकोले नीति, विधि र प्रविधिले पूणर् बनाएर सहकारी संस्थालाई अघि बढाउन ढुंगानाले सुझाव दिए ।
त्यसैगरी बासँगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर चन्दले सिमानाको नजिक रहेकोले भारतबाट आउने वस्तुलाई विस्थापित गर्दै स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरु अफैले उपभोग गरेर नजिकको बजारसम्मा पु्र्याउन संस्थाले गरेको कामको लागि सहकारी संस्थालाई धन्यावाद दिए ।
साधारण सभामा संस्थाका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनका अनुसार २०७७ चैत ८ गते स्थापना गरेको सहकारी संस्थाले बजार मण्डीको स्थापना गरेको बताए ।
सहकारी संस्थाको शेयर पुजी तीन लाख ४० हजार रहेको छ भने ११ लाख चालु आर्थिक वर्षको प्रस्तावित लक्ष्य रहेको छ । कृषि बजारको कारोबारतर्फ कार्तिक ११ गते सम्म मुनाफा ५४ हजार ७ सय ५९ रुपैया रहेको छ । भने कात्र्तिक ११ गतेसम्म बजारमा उठ्न बाँकी रकम १ लाख २५ हजार ७ सय ३२ रहेको संस्थाका कोषाअध्यक्ष सन्तु काफ्ले अधिकारीले जानकारी दिए ।
सहकारीमा हाल ३८जना शेयर सदस्य रहेको साधारण सभामा जानकारी गराइएको थियो । साधारण सभामा बासँगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारु, वाड नं ५ का अध्यक्ष नरेन्द्र गिरीको पनि उपस्थिति थियो ।