नेपालगन्जलाई डिजिटल बनाउने अभियानमा निन्जा
Sunday, October 31st, 2021, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ कात्तिक
डिजिटल नेपालको परिकल्पनाका साथ अघि बढेको निन्जा इन्फोसिस प्रालिले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको निन्जाले विगत दुई वर्षदेखि सफ्टवयर निर्माण प्रविधिमा काम गर्दै डिजिटल प्रविधिको विकासमा काम गरिरहेको छ ।
नेपालगन्जमा आयोजना गरिएको वार्षिकोत्वसमा निन्जाले दुईवटा सफ्टवेयरको पनि सुरुवात गरेको प्रालिका प्रवन्ध निर्देशक रमेश क्षेत्रीले जानकारी दिए । प्रालिले कार्यक्रममा वेवसाइट होस्ट वेवसाइट र ठूलोमात्रामा एसएमएस पठाउने वेवसाइटको सुरुवात गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरिञ्जिवी ओलीले नेपालगन्जपनि प्रविधिको क्षेत्रमा अगाडि बढिसकेको बताए । उनले निन्जा प्रालि अझ मेहेनतका साथ डिजिटर सपनाका लागि काम गर्नुपर्न बताए ।
जिन्जाले विगतका दुई वर्षमा ४५ जिल्लामा दुई सय २० प्रोजेक्ट र दुई सय बढी ग्राहकलाई सेवा दिई रहेको छ ।
प्रालिले सफ्टवेवर विकास, वेव डिजाइन, डोमिन एवम् होस्टिङ, मोबाइल सफ्टवेवर विकास, बल्क एसएमएस, युएक्स डिजाइनका साथै डिजिटर मार्केटिङको काम गर्दै आइ रहेको छ ।