विपन्न परिवारलाई कम्मल वितरण
Monday, January 3rd, 2022, 5:21 pm
Kalpristha
सेवा नेपाल बाँकेले सोमबार विपन्न परिवारलाई कम्मल वितरण गरेको छ । संस्थाले नेपालगन्ज उप–महानगरपालिका–२०, राझा गायत्रीनगरमा कम्मल वितरण गरेका हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लालुमाया शाही, डा. प्रकाश नाग, समाजसेवी विन्दु चर्तिमगरलगायतले विपन्न परिवारलाई कम्मल वितरण गरेका हुन् । समाजसेवी मगरका अनुसार ५० जनालाई कम्मल वितरण गरिएको हो ।
अध्यक्ष शाही विपन्न, असहाय, अशक्त परिवारलाई जाडोका कारण स्वास्थ्यमा समस्या नहोस भनेर कम्मल वितरण गरेको बताइन् । उनले कार्यक्रममा बोल्दै यो सानो सहयोग रहेको बताइन् । शाहीले गायत्रीनगरका वासिन्दालाई उनीहरुको आवश्यकता अनुसार संस्थाले सक्ने सहयोग गर्ने पनि कार्यक्रममा बताइन् ।

कार्यक्रमका सहभागी
त्यस्तै डा. नागले सोही स्थानमा आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुका लागि संस्थाले डाक्टरसहित चाडै नै स्वास्थ्य शिविर संचालन गर्ने बताए ।
साथै सेवा नेपालले विपन्न परिवारका लागि ५० प्रतिशत शौलियत शूल्कमा एम्बुलेन्सको पनि व्यस्था गरेको छ । यसका अलवा नेपालगन्ज शिक्षण अस्पतालका बिरामीका लागि संस्थाले ५० रुपैयाँमा खाना खुवाउँदै आएको समाजसेवी मगरले बताइन् ।