लागुऔषध नियन्त्रण गर्न नागरिक सहायता कक्षाको शुभारम्भ
Friday, January 21st, 2022, 9:45 am
Kalpristha
कमल खत्री
बाँके, ७ माघ
लागु औषध नियन्त्रण, उपचार तथा परामर्श सम्बधी निःशुल्क नागरिक सहायता कक्ष आज शुक्रबार देखी नेपालगन्जका दुइ वटा वडाबाट सुभारम्भ गरिएको छ ।
नेपालगन्जको वडा नम्बर २ र ८ बाट सुमारम्भ गरिएको निःशुल्क नागरिक सहायता कक्ष नेपालगन्जको २३ वटा वडा र बाँकेका अन्य सात स्थानीय तहमा संचालन गरिने सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज तथा लागुऔषध विरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगन्ज अध्यक्ष दिपेन्द्र कुमार जोशीले कालपृष्ठलाई बताए । शुक्रबार बिहान एक कार्यक्रमका बिच अध्यक्ष जोशीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ अध्यक्ष सुनिलसिंह हमाल र वडा नम्बर ८ अध्यक्ष सुरेन्द्र गुप्तालाई ब्यानर दिएर सहायता कक्षको शुभारम्भ गरेका थिए ।
नेपालगन्ज लगायत बाँकेको खजुरा, कोहलपुर क्षेत्रमा लागुऔषध दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढदै गएको छ । युवाहरुलाई दुव्र्यसनीमा फस्दै गएपछि बाँकेमा अपराधको संख्या पनि बढने गरेको छ ।
त्यसलाई न्युनिकरण गर्दै दुव्र्यसनमा फसेका युवाहरुलाई उपचार र परामर्स दिदैं स्थानीय तहलाई पनि जिम्मेवारी बनाउने उद्देश्यले अभियानको सुरुआत गरिएको अध्यक्ष जोशीले बताए ।
अभियान अन्तर्गत अब प्रत्येक वडा र पालिकामामा एउटा हेल्ड डेक्सको स्थापना हुनेछ । जसमा एक जना फोकल पर्सन तोकिएको छ । बाँके जिल्लाभरी संचालन गरिने यस अभियानको लागि ६ जना डाक्टरको टिम, ७ जना मनोपरामर्सदाता र स्वास्थ्य परिक्षणको लागि हलर्पल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रालिले सहयोग गर्नेछ ।
निःशुल्क परामर्स र स्वास्थ्य परिक्षणका लागि सम्बन्धीत वडाको सिफारिस लिएर आउनु पर्नेछ । सिफारिस लिनका लागि वडामा परिवारका जुनसुकै सदस्य तथा नजिकको साथी गएर लिन सक्नेछन । यसले आफनो पहिचान खुलाउन नचाहने दुव्र्यसनी कर्तालाई पनि परामर्स केन्द्रमा आउन सहज हुने अध्यक्ष जोशीको भनाई । अहिले प्रत्येक वडामा दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढिरहेकोले स्थानीय सरकारलाई सजग र जिम्मेवार बनाउन स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।
दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गर्न उसको परिवार, साथीभाई, स्थानीय सरकारले सक्रियता देखाए समस्या कम हुँदै जाने अध्यक्ष जोशीको भनाई छ ।
सहायता कक्षा संचालन गर्न जिल्ला प्रहरी कार्यालय बाँके सहित कोहलपुर नगरपालिका, श्रेष्ठ ट्रेड हल, यामाहा शोरुम कोहलपुर, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले समन्वय र सहकार्य गरेका छन ।