युनाइटेड र होलिल्यान्ड फाइनलमा
Friday, March 11th, 2022, 8:07 pm
Kalpristha
नेपालगन्ज, २७ फागुन
युनाइटेड र होलिल्यान्ड अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन ।
कोहलपुर क्रिकेट मैदानमा युनाइटेडले आर्दशलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो । आर्दशका लागि आनन्द यादवले २४ रन, अभिन थापाले २१रन र ज्ञानेन्द्र रोकाले १८ रन बनाएका थिए ।
युनाइटेडका समिर राना र अहमद खानले २–२ विकेट लिए ।
जवाफमा युनाइटेडले १८.४ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गरेको थियो । युनाइटेडका लागि सौरभ चौधरीले सर्वाधिक २९ रन, अंकुर सिंहले १९ रन,विकास साहुले १४ रनको योगदान गरे । आर्दशका रोहित सुनारले ३ विकेट र दिपेश मगरले २ विकेट लिए ।
खेलमा युनाइटेडका अहमद खान म्यान अफ द म्याच घोषित भए । यसैगरी अर्को खेलमा होलिल्यान्डले एबिसि रेसिडेन्टलाई ८ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको एबिसिले १३.५ ओभरमा ३३ रनमात्र बनायो । जारी प्रतियोगितामा खराब प्रदर्शन गरेको एबिसिका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोडन सकेनन ।
होलिल्यान्डका दिपे बर्मा र फराद खानले ३–३ विकेट लिए । गोपाल जिसी र हर्सिल जंग शाहीले १–१ विकेट लिए । जवाफमा होलिल्यान्डले सहजै ४.४ ओभरमा २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । होलिल्यान्डका अनिरुव कुँवरले अविजित ११ रन बनाए । एबिसिका सुहिल चौहानले १ विकेट लिए । खेलमा होलिल्यान्डका दिपेश वर्मा म्यान अफ द म्याच घोषित भए ।