जनता नमुना खजुरा रनिङ शिल्डमा प्रथम
Monday, March 14th, 2022, 9:01 pm
Kalpristha
जनता नमुना मावि सन्तकुटी खजुरा गाउँपालिकाचौथो अन्तर विद्यालय मेयर रनिङ शिल्डमा प्रथम भएको छ । ज्ञानोदय नमुना मावि खजुरा दोस्रो र आदर्श मावि डि गाउँ तेस्रो भएका छन ।
खजुरा गाउँपालिका–२ गौघाट स्थित योगिनी माविमा भएको प्रतियोगितामा खजुराका १७ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम भएको जनताले २१ अंक, ज्ञानोदयले १४ र आदर्शले १० अंक प्राप्त ग¥यो ।
प्रतियोगितामा छात्रातर्फ एथ्लेटिक्समा सर्वोत्कृष्ट जनता नमुनाकी शान्ति पौडेल भइन् । उनले ३ स्वर्ण पदक र १ रजत जितेकी थिइन ।
छात्र तर्फ ज्ञानोदय नमुनाका मनिस सुनार सर्वोत्कृष्ट भए । उनले ३ स्वर्ण जितेका थिए ।
कबड्डी तर्फ सर्वोत्कृष्ट छात्रा जनता नमुनाकी सम्झना थापा र छात्रतर्फ जनता मावि बठवाका इसरार खाँ भए ।
भलिबलतर्फ सर्वोत्कृष्ट छात्रा र छात्र जनता नमुनाका शान्ति पौडेल र बसन्त पोखरेल भए ।
छात्रतर्फ भलिबलमा जनता नमुना प्रथम, गुराँस चाइल्डहुड एकेडेमी द्वितीय र ज्ञानोदय नमुना तृत्तीय भयो ।
छात्रा एथ्लेटिक्सतर्फ पनि जनता नमुना प्रथम, आदर्श मावि द्वित्तीय र ज्ञानोदय नमुना तृत्तीय भयो ।
छात्र एथ्लेटिक्सतर्फ ज्ञानोलय नमुना प्रथम, जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।
छात्रा कबड्डीतर्फ ज्ञानोदय नमुना प्रथम भयो । त्यस्तै जनता नमुना द्वित्तीय र जनसेवा मावि पुरैना तृत्तीय भयो ।
छात्र कबड्डीमा जनता मावि बठवा प्रथम भयो भने ने रा मावि मनकामनापुर द्वित्तीय र आदर्श मावि तृत्तीय भयो । अनुशासित टिमबाट योगिनी मावि गौघाट पुरस्कृत भयो ।
छात्रातर्फ ३ हजार मिटर दौडमा जनकल्याण मावि बद्रिपुरका जानका राना प्रथम भइन् । त्यस्तै जनता नमुनाकी करुणा सुनार द्वित्तीय र ज्ञानोदय नमुना माविकी करिस्मा चन्द तृत्तीय भइन् ।
छात्रातफै २ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल प्रथम, आदर्श माविकी तुल्सी कुमारी सुनार द्वित्तीय र जनकल्याण माविकी जानका राना तृत्तीय भइन् ।
छात्रातर्फको ४ सय मिटरको रिले दौडमा ज्ञानोदय नमुना प्रथम भयो । साथै जनता नमुना द्वित्तीय र आदर्श मावि तृत्तीय भयो ।
प्रतियोगितमा विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सूर्य बहादुर खत्रीलगायतले पुरस्कृत गरे ।
कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले खेलकुद राष्ट्र र स्वास्थ्यको लागि महत्वपूर्ण रहेको बताए । उनले प्रतियोगिताको माध्यामबाट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए ।
श्रीवास्तवले कार्यक्रममा खजुराबाट अन्यत्र सारिन लागिएको प्रादेशिक विश्वविद्यालयका बारेमा सबैले मिलेर संघर्ष गर्नु पर्ने बताए । उनले विश्वविद्यालयका लागि आफू आन्दोलन गर्नसमेत पछि नहट्ने बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीले कार्यक्रम भव्यताका साथ सफल भएको बताए । उनले यस्ता किसिमका प्रतियोगिताबाट बालबालिकाको वौद्धिक क्षमता, खेलप्रतिको चाहना बढ्दै जाने बताए ।
अध्यक्ष कक्षपतिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्दै खजुरामा निरन्तर रनिङ शिल्ड प्रतियोगिता भई रहने बताए । उनले प्रतियोगिताको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका खेलाडी जन्माउन सकिने बताए ।
साथै कक्षपतिले विश्वविद्यालय खजुरामा स्थापना गर्नको लागिसंघर्ष गर्ने बताए ।
त्यसैगरी प्रतियोगितामा पाँचौ रनिङ शिल्ड आदर्श प्रावि डि गाउँमा संचालन गर्ने निर्णयसमेत भएको छ । प्रतियोगितामा उपस्थित विद्यालयका प्रअहरुले सो निर्णय गरेका हुन ।