एमाले देशको ठुलो पार्टी बन्छ: ओली
Sunday, March 19th, 2017, 8:57 pm
amit
नेपालगन्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
नेकपा एमाले प्रचार बिभाग बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले अबको स्थानीय निर्वाचन पछि एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । ओलीले स्थानीय निर्बाचन पछी सत्ता समिकरणका लागि एमालेले कसैसंग गुहार माग्नु नपर्ने बताए ।
अहिलेको अवस्था सत्ता समिकरणका विषयमा ओलीले नेपाली जनताले एमालेलाई चिनिसकेकोले एमाले सत्ता हेरफेरमा लाग्न नपर्ने बताए । ओलीले लामो संघर्ष पछि प्राप्त गरेको लोकतान्त्रिक संविधानले सबैलाई समान अधिकार प्रदान गरेको उल्लेख गर्दै सिमित स्वार्थ बोकेकाहरुले अफबाह छर्दै संविधान प्रति जनतामा गलत भ्रम छरेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मेची महाकाली अभियानको क्रममा मधेसी मोर्चाले अराजनितिक अलोकतान्त्रिक हिंसाबादी र आतंकारी चरित्र देखाएको उल्लेख गरे ।
उनले जनतालाई उत्तेजनामा लिएर स्कुल पढ्ने बालबालिकालाई ढुंगा हान्न सिकाउने निन्दनिय कार्यको जनताले मुल्याकंन गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले एमालेले झापा बाट शुरु भएको मेची महाकाली अभियान सानदार रुपमा सम्पन्न भएको बताउँदै जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचनमा जाने कुरालाई कुनै पनि बहानामा टार्न नसकिने बताए ।
मेची महाकाली अभियान अन्र्तगत सुर्खेतमा आम सभा सकेर काठमाण्डौ फर्कने क्रममा एमाले नेताहरु नेपालगन्ज आइपुगेका हुन् । नेताहरु आइतबार नै काठमाडौं फर्किसकेका छन् ।