एनआरएन अमेरीका : सदस्यता भेरिफाई गर्न समिती गठन
Monday, March 20th, 2017, 9:39 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाले सदस्यता भेरिफाई गर्न एक समिती गठन गरेको छ ।
आइतवारको बोर्ड बैठकले १५ दिन भित्र सदस्यहरुको भेरीफाई गरेर निर्वाचन आयोगलाई बुझाउने गरि गरी ७ सदस्सीय भेरिफिकेशन समिती गठन गरेको एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले जानकारी दिनुभयो ।
एनआरएन अमेरीकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा गठित भेरिफिकेशन समितीको सदस्यमा सिपी पौडेल, प्रमोद सिटौला, बिनोद तिवारी, हरिहर दाहाल, पासाङ लामा र नवराज खड्का सदस्य रहेका छन् ।
एकै व्यक्तिको नाम धेरै पटक दोहोरीएको तथा गलत स ुचना राखेर सदस्यता लिएको लगायतका गुनासा बढिरहेका बेला भेरिफिकेशन समितीले भेरीफाई गरेका सदस्यहरु नै अन्तिम हुने एनआरएन अमेरीकाका सचिव शंकर खड्काले बताउनुभयो ।
सदस्यताका लागी थपिएको चार दिनको समय सिमा पनि आइतवार सकिएसंगै सदस्यहरुको भेरिफाई गरेर आसन्न निर्वाचनमा भाग लिन योग्य सदस्यहरुको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउन १५ दिनको समय सिमा तोकेर यो समिती गठन गरिएको हो ।
सात सदस्सिय यो समिती केन्द्रिय स्तरको भेरीफाई समिती भएपनि सबै च्याप्टरहरुमा ३ सदस्सीय भेरीफाई समिती पनि बनाइएको एनआरएन अमेरीकाका अध्यक्ष डा. पौडेलले बताउनुभयो ।
एनआरएन अमेरीकाको बोर्ड बैठक बाट गठित भेरिफिकेशन समिती संयोजक तिलक श्रेष्ठ सहित अन्य सदस्यहरु –