पाइला
Saturday, April 2nd, 2022, 11:03 am
Kalpristha
ऊ साथीसंग फोनमा कुरा गर्न व्यस्त थिई ।भन्दै थिई , ञञ छोरी हुर्किई सकी भनेर बाउआमाले कुरा बुझे पो ! खाली पढेर आफ्ना खुट्टामा उभिनु पर्छ भन्न जानेका छन् । आफ्लाई कस्तो रहर लागिसक्यो , बिहे गर्न ! बिहे गरेर पनि त पढिन्छ भन्ने कुरा म कसरी बुझाऊँ ?
छोरीले पत्तै नपाइ कुरा सुनेका बाआमा निकैबेर घोरिए । उमेर त पुगिसक्यो । एउटै सन्तान कसरी टाढा पार्नु र ? नगर्दा नि नहुने भयो । तलमाथि पो हुने हो कि भन्ने सोचेर केटा खोज्न घरमा लमी बोलाए । एकपछि अर्को गर्दै केटा देखाए तर छोरीलाई देखाउनु अगाडि नै एउटा न एउटा दोष लगाएर बाउआमाले अस्वीकार गरिदिए ।
लमी रिसाए । आक्रोसित भएर भएर कराउन लागे , ञञ होइन , कस्तो ज्वाइँ खोजौँ , हजुरहरुलाई ? डाक्टर, पाइलट , शिक्षक , हाकिम सबै त देखाएँ । कोही मोटो , कोही छोटो , कोही जात , कोही हैसियत मिलेन रे । सक्दिँन म अब भनेर हिँडे ।
भोलिपल्ट नै उसले लमीलाई भेटी । कान फुकी र भनी , ञञ मैले भनेको केटा देखाउनु न है ।झझ भनेर एउटा गरिब केटा सिफारिस गरी । लमी पनि लु अब यो अन्तिम पटक भनेर केटा नै लिएरै घर गए । सधैँझैँ सोधखोज भयो ।ञञ धन नभाकोले मेरी छोरी के पाल्लान् र ? झझ उनीहरु भन्दै थिए । छोरी अगाडि बढिन् । आँट गरेर भनिन् , बिहे मैले गर्ने हो । म राजी छु , यो केटासंग बिहे गर्न।
छोरीको इच्छाको अगाडि आमाबाबु लाचार भए । बिहे भयो । पहिलो रातमा नै केटाले भन्यो , ञञ गजबको चाल चल्यौ नत्र यति सहजै हाम्रो बिहे हुन्थ्यो र ?
मस्किदै उसले भनी, ञञ कसैलाई सुइँको पनि भएन , हामी प्रेमबन्धनमा थियौँ भनेर ।
काठमाडौँ