स्थानीय तहको नेतृत्व छान्दै राजनीतिक दल
Sunday, April 17th, 2022, 9:28 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसको वडास्तरबाट नाम सिफारिस भएर आएको बाँके कांग्रेस जनाएको छ । बाँके जिल्लाका ८ स्थानीय तहबाट चुनावमा प्रतिस्पर्धा गर्न चाहेकका आंकाक्षीले पार्टीको तल्लो तहबाट आफ्नो नाम सिफारिस गरेर पठाएका छन् । डुडुवा गाउँपालिका अध्यक्षमा बाहेक अन्य सात स्थानीय तहमा अध्यक्षमा धेरै उमेदवारी परेको छ । डुडुवामा वर्तमान अध्यक्ष नरेन्द्र चौधरीको मात्र नाम सिफारिस भएर आएको छ । अन्य पालिकामा भने आकांक्षीहरु छनोट गर्ने प्रक्रिया सुरु गरेको बांके कांग्रेसले जनाएको छ ।
नेपालगन्जको मेयरमा १४ जना सिफारिस
नेपालगन्ज उप–महानगरपालिका कांग्रेसको बढी मतदाता भएको पालिकाका रुपमा चिनिन्छ । नेपालगन्जमा मेयरका लागि कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको छ ।
नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टका अनुसार मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, वर्तमान उपमेयर उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा.सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ । त्यस्तै उपमेयरमा नगर कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । जसमा रेणु सिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिव कुमार बर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मो.कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम सिफारिस भएका छन् ।
कोहलपुरका लागि १३ मेयरमा सिफारिस
स्थानीय तहको निर्वाचनका लागि कोहलपुर नगरपालिकाको मेयरका लागि कांग्रेसले १३ जनाको नाम सिफारिस गरेको छ ।
कोहलपुर नगर सभापति बिरेन्द्र शाहले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए । मेयरमा बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, सन्जु कुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निम बहादुर चलाउने( निरज), भुम भण्डारी, चुडामणि कँडेल, नर बहादुर मल्ल र जागेश्वर थारुको नाम सिफारिस गरिएको छ ।
उपमेयरमा ५ जना सिफारिस भएका छन् । जसमा अन्जना पाण्डे, मिना सिग्देल, द्रोपती वली, केश कुमारी वली र संगिता पौडेल सिफारिस भएका छन् ।
जानकीको अध्यक्षमा २ जना सिफारिस
जानकी गाउँपालिकाको अध्यक्षमा दुईजनाको नाम सिफारिस भएको छ । जसमा छब्बन खाँ र दुखीराम लोनिया रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा रामप्यारी यादवको मात्र नाम सिफारिस भएको जानकी गाउँपालिका सभापति दयाराम यादवले जानकारी दिए ।
डुडुवा अध्यक्षमा नरेन्द्र चौधरीको नाम सिफारिस
डुडुवा गाउँपालिकाबाट कांग्रेसले अध्यक्षमा एक जना र उपाध्यक्षमा दुई जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका कार्यसमितिले अध्यक्षमा बर्तमान अध्यक्ष नरेन्द्रकुमार चौधरीको एकल नाम सिफारिस गरेको छ भने उपाध्यक्षमा बर्तमान उपाध्यक्ष शाहिदा बानो र सैजहा बेगम खाँको नाम सिफारिस गरेको पालिका सभापति विजय यादवले बताए ।
खजुरामा कांग्रेसबाट अध्यक्षमा ५ जना सिफारिस
खजुरा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि पाँच जनाको नाम नेपाली कांग्रेस खजुरा गाउँपालिका कमिटीमा आएको सभापति रमेश सिंजालीले बताए । अध्यक्ष पदका लागि मो. नक्की खाँ, राजेन्द्र कुमार आचार्य, उत्तमराज घिमिरे, झुपकली मगर र विवेक मल्लको नाम गाउँपालिका कमिटीमा आएको सभापति सिंजालीले बताए ।
त्यस्तै खजुरा गाउँपालिकाको उपाध्यक्ष पदका लागि ८ जनाको नाम पार्टी कमिटीमा आएको छ । उपाध्यक्ष पदका लागि उमा कुमारी थापा, गिता गोदार क्षेत्री, मन्जु मल्ल, खगी कुमारी राना, अनवारुल हक खाँ, नाजमा खातुन, अमृता नेपाल र पुष्पा कुमारी सुनारको नाम गाउँपालिका कमिटीमा आएको सभापति सिंंजाले जानकारी दिएका छन् ।
बैजनाथमा अध्यक्षमा ११ आंकाक्षी
बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ भने उपाध्यक्षमा १ जना मत्रै सिफारिस भएका छन् ।
कांग्रेस बैजनाथ गाउँपालिका सभापति देव बहादुर केसीले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए । अध्यक्षमा देव बहादुर केसी, देव बहादुर खत्री, प्रकाश शाही, चन्तराम थारु, बिनोद थारु, निर्मला रोकाया, भावना थारु, ज्ञान बहादुर वली, कोकिला शर्मा, केशर खड्का र राम बहादुर बिष्टको नाम सिफारिस गरी प्रदेश क्षेत्रीय समितीमा पठाइएको सभापति केसीले बताए ।
यस्तै उपाध्यक्षमा टंक प्रसाद काफ्ले ( आशिष ) को एकल नाम सिफारिस भएको छ ।
राप्ती सोनारीबाट अध्यक्षमा ८ सिफारिस
राप्ती सोनारी गाउँपालिकाबाट आठजनाको नाम अध्यक्ष पदमा र पाँचजनाको नाम उपाध्यक्षमा सिफारिस भएको पालिका सभापति भीमबहादुर रानाले बताए । जसमा लाहुराम थारु, महाविर ओली, यम बहादुर खड्का, संगिता थारु, तप्त पौडेल, डिल्ली गिरी, खुम बहादुर बस्नेत र रुद्र बहादुर ओली अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
सिफारिस भएका नाममध्ये लाहुराम थारु वर्तमान अध्यक्ष हुन् भने महावीर वली वडा नम्बर ९ का वडा अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा सविना ओली, धनीकुमारी खत्री, तारा परियार, नैना खत्री र माधवराम थारु सिफारिस भएका छन् । जसमा धनीकुमारी खत्री वर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।
नरैनापुरमा ४ जनाले गरे अध्यक्षमा दाबी
नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ ‘क’ ले ४ जनाको नाम सिफारिस गरी संघीय निर्वाचन क्षेत्र नम्बर १ मा पठाएको छ । उपाध्यक्षमा १ जनाको नाम सिफारिस भएको छ ।
यसअघि नेपाली कांग्रेस नरैनापुर गाउँपालिका कमिटीले रामचन्द्र मौर्यको मात्र नाम सिफारिस गरी पठाए पनि प्रदेश सभा १ ‘क’ ले अध्यक्षमा मौर्यसहित शरदचन्द्र बर्मा, राम कुमार राढ र रामानन्द शर्माको नाम सिफारिस गरी पठाइएको अध्यक्ष थारुले बताए ।
यस्तै उपाध्यक्षमा जायदा अन्सारीको एकल नाम सिफारिस भएको छ ।
२० वडामा कांग्रेसको सर्वसम्मत सिफारिस
बाँकेमा रहेका आठ स्थानीय तहका २० वडामा नेपाली कांग्रेसको वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर १, ७ र ८ मा सर्वसम्मत सिफारिस भएको छ भने अन्य वडा नम्बर ३, ५ र ६ मा तीन–तीनजनाको नाम सिफारिस भएको छ । त्यस्तै वडा नम्बर २ मा सातजनाको र वडा नम्बर ४ मा आठजनाको नाम सिफारिस भएको पालिका सभापति रमेश सिजालीले बताए ।
त्यस्तै नरैनापुर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ मा सर्वसम्मत एक–एक जनाको नाम सिफारिस भएको पालिका सभापति मेराज अहमद खाँले बताए । साथै वडा नम्बर ५ मा तीन जना र वडा नम्बर ६ माा ५ जनाको नाम सिफारिस भएको छ ।
बैजनाथ गाउँपालिकामा पनि वडा नम्बर १, ४, ५ र ८ नम्बर वडामा एक–एकजनाको नाम सिफारिस भएको छ । साथै वडा नम्बर २ मा दुईजना, ३ मा चारजना, ६ मा सातजना, ७ मा चारजनाको नाम सिफारिस भएको पालिकाले जनाएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर ५ सर्वसम्मत एक–एकजनाको नाम सिफारिस भएको पालिका सभापति दयाराम यादवले बताए । अन्य वडाहरु १ मा पाँचजना, २ मा तीनजना, ३ मा दुईजना, ६ मा पाँचजनाको नाम सिफारिस भएको छ ।
त्यस्तै डुडुवा गाउँपालिकाको वडा नम्बर १, २, ३, ५ र ६ नम्बर वडामा सर्वसम्मत एकजनाको नाम सिफारिस भएको छ भने राप्ती सोनारीमा वडा नम्बर ४ र ६ मा एक–एकजनाको नाम सिफरिस भएको छ ।
एमाले र जसपाको केही उम्मेदवार टुंगो लगाउन बाँकी
बाँकेमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले पनि पालिका उम्मेदवारको टुंगो लगाएका छन् । आइतबारसम्म एमालेले पाँच पालिकाको र जसपाले चार पालिकाको उम्मेदवार टुंगो लगाएको हो । अब एमालेले तीन पालिका र जसपाले चार पालिकाको उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ ।
एमाले नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लगाएको छ । नेपालगन्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको हो ।
अब एमालेले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।
त्यस्तै जसपाले नेपालगञ्ज उप–महानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुंगो लागिसकेको छ । जसमा नेपालगन्जमा मेयरमा कमरुद्दिन राई र उपमेयरमा रमारानी बैश्य, डुडुवामा अध्यक्ष भण्डारीलाल यादव र उपाध्यक्षमा अतबुल खाँ, नरैनापुरमा अध्यक्ष मो. इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव र जानकीमा अध्यक्षमा राजीव बर्मालाई अगाडि सारेको छ ।
जसपाले खजुरा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।