नेपालगन्ज पूर्ण खोप सुनिश्चितता घोषणा
Saturday, April 23rd, 2022, 9:19 pm
Kalpristha
बाँकेमा रहेको नेपालगन्ज उप–महानगरपालिकापहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । शनिबार नेपालगन्जमा कार्यक्रम आयोजना गरेर नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतको उपस्थितिमा दिगोपना घोषणा गरिएको छ ।
जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले धेरै अभियानहरुमा नेपालगञ्ज पछाडी रहेपनि दिगोपना घोषणामा अगाडि भएको बताए ।
नेपालगन्ज उप–महानगरपालिकामा दुई वर्ष भन्दा कम उमेरका चार हजार ८ सय ५३ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले बालबालिकालाई टाइफाइडसहित १३ वटा खोप दिने गरेको छ ।
खोप लगाउन छुटेका, बिचैमा छोडेका सबै बालबालिकालाई खोपको दायरामा ल्याइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले जानकारी दिए ।
नेपालगन्ज उप–महानगरपालिका योजना अधिकृत जागेश्वर बस्नेतले स्वागत गरेको कार्यक्रममा सरोज रिमालले पालिकाको अवस्थाबारेमा प्रष्ट गरेका थिए ।