जुडो खेलाडीलाई तुफानले गरे बिदाई
Thursday, April 28th, 2022, 7:23 pm
Kalpristha
चीनमा हुने एशियन गेमको छनौटका लागि खजुरामा रहेको मंगोलियन जुडो क्लबका खेलाडीहरु काठमाडौं गएका छन् । बिहीबार क्लबका तीनजना खेलाडी काठमाडौं गएका हुन् ।
छनौटका लागि ६३ केजीतर्फ विनिता खत्री, ७३ केतीतर्फ आयुस साहुत र खुला एक सय केजीमाथिमा प्रनितजंग शिंह काठमाडांै गएका हुन् ।
खेलाडीलाई बिहीबार खजुरा गाउँपालिका अध्यक्षका उमेदवार डम्बर विक ‘तुफान’ उपाध्यक्षकी उमेदवार मञ्जु मल्ललगायतले बिदाई गरका छन् । खजुरामा नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा अध्यक्ष पदमा माओवादीका तुफान र उपाध्यक्षमा मल्लको उमेदवारी मनोनयन भएको छ ।
बिदाई कार्यक्रममा बोल्दै तुफानले खजुरालाई जुडोले चिनाएको बताए । अन्य खेलभन्दा जुडोका खेलाडीले धेरै मेडल ल्याउन सफल भएको उनले जिकिर गरे ।
तुफानले जुडो खेल खेलाउन पालिकाले व्यवस्थापन गर्न नसकेको बताउँदै जुडो खेलको व्यवस्थापन, संरचना निर्माण र जुडो खेलाडीलाई प्रोत्साहन गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।
उपाध्यक्षकी उमेदवार मल्लले खजुरामा अन्य खेलभन्दा जुडो धेरै माथि रहेको बताइन् । उनले प्रदेशस्तरमै मंगोलियन जुडो क्लबका खेलाडी अब्बल रहेको बताइन् ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशअन्तर्गत मंगोलियन जुडो क्लबबाट मात्रै छनौटका लागि खेलाडीहरु काठमाडौं गएका हुन् । काठमाडौं हुने छनौट प्रतियोगितापश्चात उनीहरु चीन जाने छन्