‘गठबन्धनले खजुरा जितिसक्यो’
Saturday, April 30th, 2022, 5:52 pm
Kalpristha
खजुरा गाउँपालिकाको स्थानीय चुनावमा प्रमुख प्रतिस्पर्धी रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले पालिका जित्ने प्रवल सम्भावना रहेको बताएको छ । चुनाव नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तीव्र गति दिएको गठबन्धनले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेलाई पालिकामा हराउने दावी गरेको हो ।
घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादीबाट अध्यक्ष पदका उमेदवार डम्बर विक ‘तुफान’, नेपाली कांग्रसबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले पालिकाको चुनावमा गठबन्धन हावी हुने बताउँदै आएका छन् ।
अध्यक्ष पदका उमेदवार तुफानले पाँच वर्षमा एमाले सरकारले वास्तविक पीडित किसानलाई हेर्न नसकेको बताए । उनले शनिबार खजुरा गाउँपालिका–६ सिमलघारीका जनतासँगको भेटघाटमा स्थानीय सरकारले पाँच वर्षको अवधिमा सिमलघारीका जनताको जीवन उकास्न शिक्षा, कृषि, पूर्वाधार विकासलगायतका काममा केही गर्न नसकेको बताए ।
.
तुफानले नयाँबस्तीका जनाताले स्थानीय सरकार आएको महसुस नै गर्न नपाएको बताए ।
त्यस्तै उपाध्यक्षकी उमेदवार मल्ले गठबन्धनलाई बहुमतले जिताउन अनुरोध गर्दै गठबन्धन हार्नु भनेको खजुरावासी हार्नु रहेको बताइन ।
कार्यक्रममा उपस्थित स्थानीय जनताले यसपटक गठबन्धनलाई नै जिताउने बताए । उनीहरुले गठबन्धनप्रति धेरै विश्वास रहेको बताए ।