दोहोरो अंकले घट्यो नेप्से
Monday, June 6th, 2022, 8:34 pm
Kalpristha
सोमबार नेप्से १२.८९ अंकले घटेर २,०६५.८२ बिन्दुमा पुगेको छ । गत साता नेप्से परिसूचक एक सय ४५ अंकले घटेर शुक्रबार २,०७८ बिन्दुमा पुगेको थियो ।
बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आज कुल २२८ किसिमका धितोपत्र तथा ऋणपत्रको ४४ लाख ९ हजार ६९१ सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रूपैयाँको कारोबार भएको छ ।
गत साता बजार बन्द हुँदा शुक्रबार कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको ३८ लाख ४८ हजार ५०८ सेयर किनबेच भएको थियो । सो दिन एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको आज सकारात्मक सर्किट ब्रेक लागेको हो । यसपछि बलेफी हाइड्रोपावरको आज ९.९६ प्रतिशतले बढेको हो । आज सबैभन्दा धेरै घट्नेमा हिमालयन बैंक लिमिटेडको ९.९९ अंकले घटेको हो । यसपछि माहुली लघुवित्त वित्तीय संस्थाको ७.६६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये ६ वटाको बढेको छ भने बाँकी ७ वटाको मूल्य घटेको छ । सबैभन्दा धेरै घट्नेमा लाइफ इन्स्योरेन्सको २.०१ प्रतिशत र बैंकको १.३२ प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको ८ करोड २४ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।
यसपछि एनआइसी एसिया बैंकको ६ करोड ७६ लाख ९४ हजार रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख ९१ हजार रूपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख २३ हजार रूपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख ४७ हजार रूपैयाँको कारोबार भएको छ ।
साभार: सेतोपाटी