बर्दियामा तानावग्रस्त स्थिति सृजना
Monday, June 6th, 2022, 10:15 pm
Kalpristha
बर्दियामा बाघको आतंक बढेपछि सुरक्षाको माग गर्दै सडकमा उत्रियाका स्थानीयमाथि प्रहरीले गाली चलाउँदा एकजना महिलाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म मृतकको नाम भने बाहिर आई पुगेको छैन ।
प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो भने स्थानीय घाइते भएका छन् ।
बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया-राजापुर सडकखण्ड अबरुद्ध भएको भएको थियो ।
बाघ आक्रमणको विषयलाई लिएर स्थानीयले गुलरिया राजापुर सडक अवरुद्ध गरेका छन् । सोमबार बिहान खेतमा काम गर्न गएकी मधुवन नगरपालिका- २ सोनाहा गाउँकी ४१ वर्षीय अस्मिता थारुलाई बाघले आक्रमण गरीगम्भिर घाइते बनायो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार घाइते थारुको दाहिने हात र तिघ्रामा बाघले आक्रमण गरी घाईते बनाएको छ । थारुलाई बाघले आक्रमण गर्दा नजिकै खेतमा काम गरिरहेका अन्य व्यक्तिहरुले हल्ला गर्दा बाघ छोडेर भागेको थियो । घाइते थारुको नेपालगन्जमा उपचार भईरहेको परिवारिक स्रोतले जनाएको छ ।
खाता करिडोर क्षेत्रमा बाघको आक्रमण रोकिएको छैन् । १३ दिन अघि मात्र बाख्रा चराउन गएकी ४९ वर्षिय महिलालाई बाघले आक्रमण गरी शिकार बनाएको थियो ।
खाता करिडोर क्षेत्र अन्र्तगत बाघको आक्रमण निरन्तर भइरहेको छ । बाघले आक्रमण गरी मानिसको ज्यान लिने र घाइते बनाउने गरेको छ । सम्बन्धित निकायले मानिसको जिउको संरक्षणलाई प्राथमिकता नदिएको आरोप लगाउँदै स्थानीय आक्रोसित बनेका छन् । वन क्षेत्रलाई तारवार गरी मानिसको जिउधन संरक्षण गर्नुपर्ने माग स्थानीयको छ ।
बाघ आक्रमण रोकथाममा सम्बन्धित निकाय मौन रहेको विरोध जनाउँदै स्थानीयले सोमबार गुलरिया राजापुर सडकमा प्रदर्शन गरेका छन् । आक्रोसित स्थानीयले ओराली बजारस्थित आगजनी गरी प्रदर्शन गरेपछि सडक अस्तव्यस्त बनेको थियो । गुलरिया राजापुर सडक केहीबेर पूणर्रुपमा अवरुद्ध रह्यो ।
अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ ।