एचविए उपविजेता बन्दै सेमिफाइनमा
Wednesday, June 8th, 2022, 4:25 pm
Kalpristha
एचविए च्याम्पस् ‘ए’ समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बुधबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा विग्ये एण्ड बोथ स्पोर्टस् क्लबलाई ७ विकेटले हराउँदै एचविएले सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगितामा विग्ये एण्ड बोथले ब्याटिङ गर्दै १७.६ ओभरमा सम्पूणर् विकेट गुमाएर ८६ रन बनाएको थियो । विग्येका लागि अंकुर सिंगले ४४ बलमा ३ चौकाको मद्दतले २६ रन बनाए भने विकाश भट्टराईले १८ बलमा ३ चौकासहित १६ रन बनाए।
एचविएका लागि बलर जानु कासगरले ३ ओभरमा १ मेडन राख्दै ५ रन दिएर ३ विकेट लिए । त्यस्तै निजमुद्दीन हलवाइ, सुलभ चौधरीले ३/३ विकेट लिए ।
जवाफी ब्याटिङमा एचविएले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । जसमा सद्धाम खानले ३० बलमा ७ चौकासहित ४२ रन बनाउँदै नटआउट रहे । साथै सिद्धार्थ श्रेष्ठेले ५ बलमा २ चौकाको मद्दतले १० रन बनाए ।
प्रतियोगितामा निजामुद्दीन हलवाइ म्यान आफ द म्याच घोषित भए ।
असअघि ज्योति स्पोर्टस् क्लब ॅए’ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । ज्योतिले मंगलबार जनचेतना युवा क्लबलाई ३६ रनले पराजय गरेको थियो