ओमिक्रोन अन्तिम होइन, फेरि आउन सक्छ नयाँ भेरियन्ट
Monday, June 13th, 2022, 11:12 am
Kalpristha
ओमिक्रोन भेरियन्टबारे भएका पछिल्ला अनुसन्धानले पनि यो भाइरस अघिल्लो डेल्टा भन्दा दोब्बर र सुरूको भन्दा चार गुना बढी संक्रामक रहेको देखाएको छ । नेपालको पछिल्लो साताको संक्रमण अवस्थाले यो पुष्टि गर्छ ।
डा. केदार कार्की
विगत ४ पात्रो वर्षदेखि वैश्वकिस्रतमा कोभिड-१९ महामारीको र्चा छ । मानवीय सभ्यताले हालसम्म हासिल विकसित गरेको उत्तरआधुनिक चिकित्सा सेवा पछि पनि मानव सभ्यता कहिले यस महामारीबट सुरक्षित हुने हो अझै पनि ढुक्क हुने अवस्था भने छैन । सम्पनन विकशित राष्ट्रहरुले यस रोगका विरुद्ध हालसम्म विकसित खोपहरु ओगटेर थुपारेर राखेका कारण तेश्रो विश्वका अधिकांश जन ससमुदाय खोपको पहुँचबाट अझै बन्चित रहेको अवस्था छ । कोभिड-१९ ले आफ्नो ३ वर्षे पात्रो यात्रा अवधिमा भिन्न भिन्न खाले उपभेदसहित विद्यमान रहेको अवस्था अनि यस भारतीय उपमहाद्वीपमा डेल्टा उपभेदले मच्चाएको दोश्रो लहरको प्रलयकारी तान्डवबाट मुक्त हुन नपाउँदै कोरोना भाइरसको ओमिक्रोन उपभेद् विश्व स्वास्थ्य संगठनले विगत केही पहिला दक्षिण अफ्रिकाको बोस्तवानामा देखिएको घोषणा गरेको छ । जुन हाल विश्वका प्राय जसो मुलुकमा फैलिएको अवस्था छ । यो कति घातक हुन सक्ला अहिले नै केही भन्न सकिने अवस्था भने छैन ।
विस्तुत अनुसन्धानबाट थाहा हुन सक्ला । जति धेरै मान्छेमा संक्रमण हुँदै जान्छ, भाइरस उति बढी उत्परिवर्तित हुने सम्भावना रहन्छ डेढ महिनामै संसारभर फैलिएको ओमिक्रोन भेरियन्टको लहर सेलाउन नपाउँदै वैज्ञानिकहरूले यो अन्तिम नभएको र फेरि नयाँ भेरियन्ट आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समय कोरोना भाइरस माथि भएका विभिन्न अध्ययनका आधारमा वैज्ञानिकहरूले ओमिक्रोन पछि अर्को भेरियन्टको लहर आउन सक्ने निष्कर्ष निकालेका हुन् । अब आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्ने बारे कुनै तथ्य आइ सकेको छैन।
तर ओमिक्रोन भेरियन्ट नै कोरोना भाइरसविरूद्ध अन्तिम लडाइँ नभएकोमा वैज्ञानिकहरू लगभग सहमत छन् । यसबारे केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा विभिन्न खबर आइरहेका छन् । तिनै खबरका आधारमा ओमिक्रोन भेरियन्टको फैलिने दर विगतभन्दा उच्च छ । दक्षिण अफ्रिकामा पहिलो चोटि देखा परेको ओमिक्रोनलाई संसारभर फैलिन डेढ महिना पनि लागेन । यसले भाइरस उत्परिवर्तित हुने अर्थात भाइरसले आफ्नो स्वरूप बदल्ने सम्भावना अझै बढी हुन्छ।जति धेरै मान्छेमा संक्रमण हुँदै जान्छ, भाइरस उति बढी उत्परिवर्तित हुने सम्भावना रहन्छ । अहिले ओमिक्रोनको संक्रमण धेरै छ, त्यसैले अर्को भेरियन्ट उत्परिवर्तित भएर आउँछ नै । ओमिक्रोन भेरियन्टबारे भएका पछिल्ला अनुसन्धानले पनि यो भाइरस अघिल्लो डेल्टा भन्दा दोब्बर र सुरूको भन्दा चार गुना बढी संक्रामक रहेको देखाएको छ । नेपालको पछिल्लो साताको संक्रमण अवस्थाले यो पुष्टि गर्छ । ओमिक्रोन भित्रिएसँगै नेपालमा दैनिक संक्रमण सयबाट हजार पुगेको छ। सोमबार मात्र ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।
ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा कम घातक रहेकाले अस्पतालहरूमा दोस्रो लहरको जस्तो गम्भीर बिरामीको चाप छैन । नत्र अहिलेको संक्रमण दर वैशाख दोस्रो सातातिर दोस्रो लहर उत्कर्षमा पुग्दाको जस्तै हो भन्ने चिकित्सकहरूको भनाइ छ । त्यो बेला अस्पतालमा बेड नपुगेर बिरामीहरूलाई भुइँमा राखेर उपचार गर्नुपरेको थियो । तत्काललाई ओमिक्रोन कम घातक देखिए पनि यसको दीर्घकालीन असरबारे आएका पछिल्ला तथ्य चिन्ताजनक रहेको बताउँछन् । अस्ति मात्र दुइटा कुरा बाहिर अएका छन् । एउटा डरलाग्दो पक्ष भनेको यो भेरियन्टले मान्छेको दिमागमा असर गर्छ भनिएको छ । अर्को, यसले एचआइभीले जस्तै कोषहरूलाई कमजोर बनाउने रहेछ । यस्तो भयो भने अरू जुनसुकै रोग लाग्दा मानिसको मृत्यु हुनसक्छ । त्यसैले ओमिक्रोनलाई सामान्य रूपमा बुझ्नु हुँदैन । यसको दीर्घकालीन असरलाई पनि हेर्नुपर्ने हुन्छ । यही कारणले पनि ओमिक्रोनपछि आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्ने बारे अहिल्यै भन्न नसकिन्न । पहिले ओमिक्रोन कम घातक छ भनिन्थ्यो, अहिले यसले दिमाग र कोषहरूमा दीर्घकालीन असर पार्ने कुरा बाहिर आएको छ । त्यसैले अब आउने भेरियन्ट कस्तो होला भनेर अहिल्यै भन्न सकिँदैन ।
एकपछि अर्को भेरियन्ट आउनुमा केही कारण छन् । सबभन्दा पहिले त ओमिक्रोन धेरै मानिसमा संक्रमण हुँदा त्यसबाट उत्परिवर्तित भएर नयाँ भाइरस आउने सम्भावना बढी हुन्छ । अर्को, भाइरसको उत्परिवर्तित प्रकृतिलाई लक्ष्य गरेर खोपहरू विकास नहुँदा नयाँ भेरियन्ट देखा परी रहन्छन । खोप लगाइ सकेकालाई पनि ओमिक्रोन भेरियन्टले संक्रमण गरेको उदाहरण भाइरसको यो प्रकृतिलाई केन्द्रमा राखेर खोपहरू विकास गरिनुपर्छ । यति मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा भाइरसले आफूखुसी परिवर्तन गर्न पाउँदा त्यसबाट पनि नयाँ भेरियन्ट विकास हुने सम्भावना रहन्छ।
यसलाई, इमिनोकम्प्रमाइजु भनिन्छ । अघिल्लो अल्फा भेरियन्ट यही कारणले देखा परेको थीयो । अंग प्रत्यारोपण गरेका, एचआइभी, क्यान्सरका बिरामी, दीर्घरोगी र वृद्धवृद्धाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता मानिसमा संक्रमण भयो भने भाइरसले आफूलाई सजिलै वृद्धि गर्छ र रूप परिवर्तन पनि गरिरहन्छ । अहिले ओमिक्रोनको लहर त छँदैछ, सँगसँगै डेल्टा भेरियन्ट पनि हराइ नसकेकाले एकैपटक दुइटै संक्रमण भए के हुन्छ भन्ने धेरैलाई चासो छ । एउटै व्यक्तिमा दुई९दुई खालको संक्रमण हुनसक्छ। त्यस्तो अवस्थामा भाइरसले आफूलाई वृद्धि गर्ने क्रममा चाहिने सजिला म्युटेसनहरू लिएर आउनसक्छ । नयाँ खालको हाइब्रिडु भाइरस निस्किन सक्छ जुन झनै खतरनाक हुन्छ।ुदुवै भेरियन्ट छुट्टाछुट्टै फैलिरह्यो भने ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गर्ने छ ।
भाइरोलोजीको सिद्धान्तअनुसार नयाँ भेरियन्टले पुरानोलाई विस्थापित गर्ने छ । ओमिक्रोन भेरियन्ट जनावर र चराचुरूंगीमा पनि देखा पर्नसक्छ भनिएको छ । यसले संक्रमण मानिसबाट जनावरमा सर्नसक्छ। पछिल्ला अध्ययनले कुकुर, बिरालो, मृग र अन्य घरपालुवा जनावारमा पनि यो भाइरस सर्नसक्छ भन्ने देखाएको छ । यसले थप डर उत्पन्न गरेको पहिले यो भाइरस जनावरबाट हामीमा सरेको थियो, अब फेरि हामीबाट जनावरमा फिर्ता जाने भयो । यसले संक्रमण जनावरमा बसिराख्न सक्ने भयो र फेरि परिवर्तन भए कोभिड-१९ को तेस्रो लहर पो आउने हो कि भन्ने चिन्ता त जनस्वास्थ्यकर्मीमा छ । तर कोभिड-१९ को दोस्रो प्रलयकारी तान्डब बेहोरेको यस भूगोलका जनस्वास्थ्यकर्मी जनसमुदाय एवम् आवाशीय चिकित्सा सेवा प्रदायक समुदाय एवम् स्थानीय प्रादेशिक एवम्् संघीय सरकारहरु केही सजग त भएकै होलान भन्ने मान्न सकिन्छ अतितबाट पाठ सिकेर । हालसम्मको कोभिड-१९ महामारीको लहरहरुका प्रहारले मानवीय सभ्यताले हालसम्म आर्जन गरेको रोग निदान, उपचार एवम् रोकथामका लागि उपलब्ध विधि प्रविधि, प्रायोदयोगिक शिप साधन एवम्् दक्षता क्षमता त परीक्षण गरी तिनको अन्तिमसिमा त निर्धारण गरिसके कै छ । उपचारका लागि त विरामीमा प्रतिरक्षा शक्ति प्रवद्र्धन एवम् पोषिला आहारविहार एवम्् सहयोगी औषधि त काम लाग्ला नै तर विगतझैं कडा खाले एन्टीवायोटिक एवम् स्टेरवाइडको प्रयोगमा संयमितता होला कि भन्ने आशा गर्न सकिन्छ ।
संक्रमण देखिएर दोस्रो लहरकै जस्तो हाहाकारको अवस्था नहोस भन्नका लागि जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना जनसमुदायबाट हुन सक्ने व्यवस्था अपरिहार्य छ भन्न सकिन्छ । विगतको तीतो अनुभवबाट हामी अलिक सचेत भएका छौं कि खोला तर्यो लौरो विर्सियोको अवस्थामा छौं । यसको परीक्षण मूल्यांकन त ओमिक्रोनका संक्रमण देखिइहाले पछिको व्यवस्थापकीय क्षमता परीक्षण होला ।
धनी एवम् शक्तिशाली राष्ट्रहरुले खोप अनावश्यक रुपमा थुपारेर राख्नु अनि विपन्न मुलुकहरुले खोप उपलब्ध गर्न गर्नुपरेको संघर्षका कारण ठूलो संख्यामा जनसमुदाय अझै पनि खोपविहीन हुँदा सार्स-२ कोभ-२ भाइरस त्सस्ता समुदायमा उत्परिवर्तनशील एवम् घातक रुपमा प्रस्तुत हुनसक्ने खतरा बढेर गएको छ । जसको परिणमस्वरुप कोभिड-१९ आजको सन्दर्भमा जनस्वास्थ्यकर्मीहरुको मात्र चासोको विषय रहेन । रोग फैलिदा वा फैलने शंकाको कारण गरिने निषेध एवम्् प्रतिवन्धले खासगरी यात्रा पर्यटन एवम्् व्यापार व्यवसाय क्षेत्रमा विकासशील मुलुकलाई मात्र हैन विकसित सम्पनन मुलुक पनि यसका दुष्परिणामबाट के पो बच्लान यदि विपन्न एवम् गरीब मुलुकका जनसमुदाय खोप विहिन अवस्थामा भएको बेला । त्यसैले अलिहेको अवसथा भनेको कोभिड-१९ को प्रहारबाट आफू पनि बाँचौं अरुलाई पनि बचाऔं हुनुपर्दछ ।
हटेको छैन कोभिड-१९ को प्रहार कहर
सावुनपानीले हात धुनुहोस् लगाउनुहोस् सेनिटाइजर ।
बार बार
राख्नुस दुइृ गज दूरी, मास्क लगाइवरी
खोप त छ झन जरुरी
तपाईको जीवन रक्षागर्ने दायित्व तपाईको आफ्नै हो, सरकारलाई त के छ र बढिमा एउटा विज्ञप्ती निकाल्नुसम्म त हो ।
सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक