एनआरएन अमेरीकाको साधारण सभाको तयारी तिब्र
Monday, January 2nd, 2017, 10:22 am
amit
के सी शेर
टेक्सास, अमेरीका
यही जनवरी १४ तारिख शनिबार टेक्सासको ड्यालसमा हुन लागेको ५ औं वार्षिक साधारण सभाको तयारी तिब्र पारीएको छ । एनआरएन अमेरीकाले आइतवार ड्यालसमा पत्रकार सम्मेलनको आयोजना गरि साधारण सभाको तयारीबारे जानकारी गराएको हो । एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल सहभागी पत्रकार सम्मेलन मार्फत साधारण सभा भव्य रुपमा सम्पन्न गर्न हाल सम्म भएका तथा भइरहेका कामहरुको जानकारी गराइएको थियो । वार्षिक साधारण सभा सम्पन्न गर्न गठित समितीका संयोजक तथा एनआरएन अमेरीकाका उपाध्यक्ष राम पोखरेलले उपस्थित पत्रकारहरुलाई साधारण सभाको तयारीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनमा आर्थिक व्यवस्थापन गर्न गौरीराज जोशी र शुनिल शाह सम्मीलित समिती र भोजन व्यवस्थापन गर्न हरिबोल भण्डारी सम्मीलित समितीले आफुले गरिरहेको कार्यप्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । अर्भिङ स्थित नेपाली मन्दिरको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, एनआरएन अमेरीका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछाने सदस्य बिनोद तिवारी लगायतको सहभागिता रहेको थियो । यही १४ तारिख शनिबार बिहान १० बजे शुरु हुने एनआरएन अमेरीकाको ५ औ“ बार्षिक साधारण सभा सोही दिन बेलुका ६ बजे सकिनेछ ।