नयाँ प्रशासकिय अधिृकत नृपराजलाई खजुरामा स्वागत
Sunday, July 31st, 2022, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १५ साउन
बाँकेको खजुरा गाउँपालिकामा सरुवा भएर आएका नयाँ प्रशासकिय अधिकृत नृपराज उपाध्यायलाई स्वागत गरिएको छ । आइतबार खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्षहरु र कर्मचारीहरुले कार्यालय परिसरमा प्रशासकिय अधिकृत नृपराजलाई स्वागत गरेका हुन् । खजुरामा बम बहादुर केसीको दैलेखमा सरुवा भएपछि उनको स्थानमा नृपराज आएका हुन ।
नयाँ प्रशासकिय अधिकृतलाई स्वागत गर्दै खजुरा गाउँपालिकाले अब नयाँ उत्साहका साथ काम गर्ने बताए ।
उनले भने,‘हामी पनि नयाँ छौं, भर्खरैं निर्वाचित भएर आएका छौं । प्रशासकिय अधिृकत पनि युवा हुनुहुन्छ । नयाँ जोस र जाँगरका साथ आउनु भएको छ । पक्कै पनि हाम्रो तालमेल मिलेको छ । एउटा आकस्मिक रुपमा उहाँको आगमन भएको छ । आकस्मिकतामा जुन तरङ हुन्छ । कार्यसम्पादनमा पनि त्यो तरङ हुनु पर्छ । खजुराको विकासमा तरङ आउने विश्वास छ ।’
नयाँ जनप्रतिनिधि सामु निकै असाधरण चुनौतिहरु रहेकोले त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नु पर्ने अध्यक्ष विकले बताए । उनले थपे,‘हामीले चुनौतिका बिच नेतृत्व गर्दैछौं । जनताका अपेक्षा धेरै छन । हामीसँग स्रोत साधन कम छ । त्यही बिचमा बसेर कार्यसम्पादन गर्नुपर्नेछ । त्यो आफैमा चुनौति हो । आउँदा चुनौति सामना गर्न सबै एकवद्ध भएर लाग्नु पर्नेछ ।’
कुशल प्रशासक र योजना कार्यन्वयनमा उच्च सफलता हासिल गर्ने संकल्पका साथ अगाडी बढन सके खजुराका जनताले सधै नृप उपाध्यक्षलाई नर्बिसने प्रशासकिय अधिकृत रुपमा रुपमा चिन्न पाउने अध्यक्ष विकले विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले सम्पुर्ण कर्मचारीलाई समेटदैं जनप्रतिनिधिले बनाएका योजनालाई सफल बनाउन नयाँ प्रशासकिय अधिकृतको महत्वपुर्ण भुमिका रहने बताईन । उनले भनिन,‘हामी नयाँ छौं । थुप्रै कुरा सिक्न बाँकी छन । तर हामीले जनताका समस्यालाई बुझेर काम गर्नु पर्नेछ । विकासको गतिलाई अगाडी बढाउनु पर्नेछ । खजुरालाई सभ्य र विकसित गर्ने कार्यमा सबैको साथ र सहयोग आवश्यक पर्छ ।त्यसाम सबै कर्मचारी साथीले नयाँ प्रशासकिय अधिकृत र जनप्रतिनिधिलाई सहयोग गर्न अनुरोध गर्दछु ।’
कर्मचारी र जनप्रतिनिधिबिच आत्मीय सम्बन्ध भएमा मात्र जनताको काम गर्न सहज हुने उपाध्यक्ष मल्लले बताइन । उनले भनिन,‘जनभावनालाई समेट्दै खजुरालाई समृद्ध बनाउने अठोटका साथ हामी निर्वाचित भएका छौं । अब त्यो अभियान पुरा गर्ने कार्यको सुरुआत भएको छ । त्यसमा नयाँ प्रशासकिय अधिकृत, सम्पुर्ण कर्मचारी, जनप्रतिनिधि र खजुराका जनतालाई साथ दिन अपिल गर्दछु ।’
प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले खजुरा गाउँपालिकामा केहि उत्कृष्ट काम गर्नु पर्छ भन्ने सोचका साथ आएको बताए । उनले भने,‘गाउँपालिकामा मैले सदस्य सचिवको रुपमा काम गर्ने हो । स्थानीय तहमा चुनौति धेरै छन तर हामीले काम गर्न सक्छौं । हामीले गर्न नसके कसले गर्ने भन्ने भावना हुनुपर्छ ।’
कामको दौरान कुनै पनि कर्मचारीलाई पक्षपात नगरेर काम गर्ने अधिकृत नृपराजले बताए । उनले थपे,‘जसले काम गर्छ त्यो मेरो नजिकको कर्मचारी । काम नगर्ने, गाउँपालिकाको हित विपरित काम गर्ने कर्मचारी मेरो नजिक हुँदैन । पदिय जिम्मेवारी अनुसार सबैले काम गर्नु पर्ने हुन्छ । काम गर्दा कसैको आत्मसम्मान ठेस हुने गरी म काम गर्दिन र कर्मचारी साथीहरुले पनि मेरो आत्मसम्मान ठेस पुग्ने गरी बाधा अडचन सृजना गर्नु हुन्न भन्ने विश्वास लिएको छु ।’
प्रत्येक शाखाले आफनो जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरेको अवस्थामा मात्र गाउँपालिकाले आफनो लक्ष्य अनुरुप काम गर्न सक्ने उनले भनाई राखे ।