नेजाको आयोजनामा डालसमा बिशेष अन्तरक्रिया
Tuesday, January 3rd, 2017, 9:11 am
amit
डालस टेक्सास ।
नेपाल अमेरीका पत्रकार संघ नेजाले एनआरएन अमेरीका संग अमेरीकाको डालस शहरमा बिशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । एनआरएन अमेरीकाको ५ औ“ वार्षिक साधारण सभाको भोलीपल्ट अर्थात यही जनवरी १५ तारिख आइतवार एनआरएन अमेरीका संग नेजाले बिशेष अन्तरक्रिया कार्यक्रम गर्न लागेको नेपाल अमेरीका पत्रकार संघ नेजाका क्षेत्रीय संयोजक किसन रेग्मीले जानकारी दिनुभयो । एनआरएन अमेरीकाका बर्तमान कार्यसमिती तथा भावी नेतृत्वका आकांक्षीहरु समेत सहभागी हुने अन्तरक्रिया कार्यक्रमले बर्तमान चुनौती, भावि योजना लगायत लगायत भावी नेतृत्वका बारेमा बहस हुने नेजाका क्षेत्रीय संयोजक रेग्मीले जानकारी दिनुभयो । ग्रैह आवासीय नेपाली संघ एनआरएनको केन्द्रिय नेतृत्वमा एनआरएन अमेरीकाको फितलो उपस्थिती लगायतका विषयमा बहस हुने कार्यक्रमले एनआरएन अमेरीकालाई एकजुट भएर जान अभिप्रेरीत गर्ने विश्वास लिइएको छ । एनआरएन अमेरिका फुटेर होइन जुटेर गएमा केन्द्रिय नेतृत्वका लागि दवाव सिर्जना गर्नसक्छ जसका लागि वर्तमान नेतृत्व र भावि नेतृत्वको दौडमा रहेकाहरुको विचार मन्थन सान्दर्भिक देखिएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेजाका अध्यक्ष भोला आचार्यले बताउनुभयो । अन्तरक्रिया कार्यक्रम यही जनवरी १५ तारिख आइतबार डालसको नेपाली मन्दिरमा बिहान ११ बजे शुरु हुने बताइएको छ ।