‘अपांगता बालबालिकाहरुलाई पहिलो प्राथमिकता’
Sunday, September 4th, 2022, 8:25 pm
Kalpristha
बाँकेमा सन्चालित सबैका लागि पढाई परियोजनाअन्तर्गत प्रारम्भिक तहमा अपांगता भएका तथा पढाइमा कठिनाई भएका बालबालिकाहरुको पठन शिप विकास गर्नका लागि गरिएका विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको छ । इजिआर शिक्षकहरुलाई उत्पेराणात्मक सहयोग तथा अभिमुखिकरण कार्यक्रमअन्तर्गत भएका कामहरुको समीक्षा आइतबार नेपालगन्जमा गरिएको हो ।
युसयआइडिको आर्थिक सहयोग एच आइ र विश्व शिक्षाको साझेदारिमा डेक नेपालद्वारा सन्चालित सबैका लागि पढाई कार्यक्रमअन्तर्गत समीक्षा गरिएको छ । नेपालगन्ज उप महानगरपालिका शिक्षा शाखाले अभिमुखिकरण गरेको समीक्षा बैठकमा उपस्थित शिक्षक शिक्षिकाहरुले अपांगता भएका बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए । अपांगता भएका बालबालिकाको क्षमता विकास गर्ने, पढाईलाई निरन्तरता दिन विशेष ध्यान दिने गरिएको बताएका थिए ।
परियोजना सन्चालनपछि बालबालिकाको प्रारम्भीक पहिचान गर्ने र सिकाई उपलब्धीमा उल्लेख्य विकास भएको नेपालगन्ज उप-महानगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक भिम बुढाले जानकारी दिए । कार्यक्रममा स्थानीयस्तरमा निर्माण गरिन सकिने शैक्षिक सामग्री र तिनको प्रयोग, वैयत्तीक शैक्षणिक योजना निर्माण र प्रारम्भीक पहिचानका विषयमा चर्चा गरिएको थियो ।
साथै शिक्षकहरुको भूमिका लगाएतका विषयमा समीक्षा बैठकमा छलफल गरिएको थियो । परियोजना कोर्डिनेटर गोविन्द फुलाराको विशेष उपस्थितीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको समीक्षा बैठकमा ७४ विद्यालयले सहभागिता जनाएका थिए ।