दशै–तिहार बिदा एक महिना
Saturday, September 10th, 2022, 8:29 pm
Kalpristha
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर समितिले दशै–तिहार बिदा एक महिना गर्ने निर्णय गरेको छ । शनिबार घोराहीमा भएको भेलाले नगरभित्रका प्याव्सनमा आवद्ध भएका विद्यालयहरुमा दशै–तिहार बिदा असोज १३ देखि कात्तिक १३ सम्म गर्ने निर्णय गरेको हो ।
प्याब्सन घोराही नगर अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहाकार विनयकुमार मिश्रको प्रमुख आतिथ्यमा भएको भेलाले विद्यार्थी र शिक्षकहरुको सहजताका लागि एक महिना विद्यालय विदा गर्ने निर्णय गरेको हो ।
भेलाले विद्यार्थी भर्ना गर्दा अनिवार्य सर्टिफिकेट लिने ब्यबस्था गर्ने, असोज ८ गते दशै मिलन तथा वनभोज कार्यक्रम गर्नेलगाएका निर्णय गरेको छ । कार्यक्रमका बोल्ने बक्ताहरुले विद्यालयले शुल्क घटाउनुभन्दा गुणस्तर बढाउनमा ध्यानदिनु पर्नेमा जोड दिएका थिए ।
विद्यालयमा एकरुपता ल्याउन समय समयमा बिषयगत शिक्षकको भेला राखी अनुभव आदानप्रदान गर्नुपर्नेलगायतका निर्णयहरु गरेको हो । कार्यक्रममा प्याब्सन दाङका सचिब आदिम केसी, सदस्य निमानन्द गैरेलगाएतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सन घोराही समितिका सचिव बालकृष्ण ओलीले गरेका थिए ।