आर्थिक अभावमा पेटभरी खुवाउने ‘क्यान्टिन’
Monday, September 26th, 2022, 12:21 pm
Kalpristha
महंगी बढ्दै गएपछि १० रुपैयाँथपिएको हो । तर पछिल्लो समय अत्याधिकरुपमामानिसको संख्या बढ्दै गएपछि आर्थिकरुपमाव्यवस्थापनमा समस्या देखिएको बताउँछन्, अंजनीमाता रसोई व्यवस्थापन समितिका संरक्षक एवम् उद्योगपतिप्रदीपकुमार छाजेड ।
कमलखत्री
नेपालगन्ज, ९ असोज
पश्चिम नेपालकाजनतालाई स्वास्थ्य सेवादिइरहेको अस्पताल हो भेरी । एक सतकइतिहास बनाएको भेरीमा हरेक दिन बिरामीको चाँप बढ्दो क्रममा छ । अस्पताललाई व्यवस्थापनधान्नहम्मे हम्मे पर्छ । थुप्रै समस्या र व्यवस्थापकियकमजोर छन् भेरीमा । प्राय धेरैले भेरीको सुविधाकाबारेमागुनासो गर्छन । तर भेरी अस्पताल परिसरमा एउटा अभियान सुरु भएको छ ३० रुपैयाँमाखानाखुवाउने । जसको सबैले मुक्तकण्ठले प्रशंसा गर्छन् ।
अस्पताल परिसरमा रहेको अंजनीमाता रसोईले चलाईरहेको क्यान्टिन बिहान १० बजेदेखि खुल्छ । खुल्ननपाउँदै मानिसहरुको भिड लाग्छ कुपनलिनको लागि । नेपालगन्जउप–महानगरपालिका र श्री सुन्दर काण्ड मित्र मण्डलद्वारा संचालिनअंजनीमाता रसोई व्यवस्थापन समितिले संचालन गरेको क्यान्टिनमा पेटभर खानाखाएको ३० रुपैयाँ लाग्छ ।जहाँदुई वर्षको अवधिमाकरिब २ लाख ५० हजार भन्दा बढीले खानाखाइसकेका छन् ।
यहाँप्याकिङ गरेर बिरामीलाई लग्नको लागि ४० रुपैयाँ र एक बोतलपानीको १५ रुपैयाँमूल्यतोकिएको छ । शनिबार बाहेक हरेक दिनबिहान १० बजेदेखि १ बजेसम्म क्यान्टिन संचालनहुने गरेको छ । अहिले भेरी अस्पतालमाउपचार गराउनआउने बिरामी र उनीहरुका कुरुवाहरुले त्यहीं क्यान्टिनमा खाने गरेका छन् । केहिनिम्मआयस्तर भएकामानिसहरु, रिक्सा, अटो र एम्बुलेन्स चालकहरु पनियहाँखानाखाने आउने गरेका छन् ।
पछिल्लो समय दैनिककबिर ७ सयदेखि ८ सय जनाले खानाखान गरेको बताउँछन्,अंजनीमाता रसोई व्यवस्थापन समितिव्यवस्थापकजितेन्द्रकुमार सिंह । उनले भने, ‘करिब ८ सयजनाले दैनिकखानाखाने गर्नु भएको छ । त्यो संख्या हरेक दिन बढ्दैछ । शुद्धशाहाकारी खानाखानपाइने भएकोले पनि अस्पताल भन्दाबाहिरबाट मानिसहरु आएर खाने गर्नु हुन्छ । कोरोनाको समयमा अस्पतालमा आउने बिरामी र उनीहरुको कुरुवालाई लक्षित गरेर सुरुवातमा यो अभियान सुरु गरेकाहौं ।’
क्यान्टिन संचालनकालागि दैनिकरुपमा १७जनाकर्मचारीले कामगर्ने गरेका छन् ।
व्यवस्थापनमाभने विभिन्न समाजसेवीहरुले निःशुल्क रुपमाकामगर्ने गर्छन् । दुइवर्षअघि क्यान्टिनको सुरुवातगर्दा प्रतिव्यक्तिखानावापत २० रुपैयाँलिने गरिएको थियो । महंगी बढ्दै गएपछि १० रुपैयाँथपिएको हो ।
पछिल्लो समय अत्याधिकरुपमामानिसको संख्या बढ्दै गएपछि आर्थिक रुपमाव्यवस्थापनमा समस्या देखिएको बताउँछन्, अंजनीमाता रसोई व्यवस्थापन समितिका संरक्षक एवम् उद्योगपतिप्रदीपकुमार छाजेड ।उनले भने, ‘गतवर्षदेखि यो अभियान सुरु गरेकाहौं । यसको व्यवस्थापन सबै चन्दादाताबाट भैरहेको छ । धेरैले मासिक रुपमा सहयोग गर्नु भएको छ । तर पछिल्लो समय खानाखानआउने मानिसको संख्या बढिरहेकोले खर्च बढेको छ । यसकालागिहामीले कसरी व्यवस्थापनगर्ने भन्ने बारेमा छलफल गरिरहेका छौं ।’
आइतबार समितिका संरक्षक पूर्वमाननीयविजयगुप्ता, प्रदीपकुमार छाजेड, पवनकुमार अग्रवाल, जितेन्द्र कुमार सिंहलगायतका समाजसेवीहरुको बैठकले आगामीदिनमायसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरेको थियो । क्यान्टिन संचालनकालागि हरेक महिना नेपालगन्जउप–महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने गरेको छ ।
अहिले मासिक रुपमा ९ लाखखर्च छ । पछिल्लो महिना २ लाख रुपैयाँ घाटा भएको बताउँछन्,व्यवस्थापनजितेन्द्र कुमार सिंह ।
२०७७को कात्तिकदेखिअसार महिनासम्म७३ हजार ३ सय ५५ जनाले भेरी अस्पताल परिसरको क्यान्टिनमा खानाखाएकाथिए । २०७८–७९ मा १ लाख ४२ हजार १ सय ९१ जनाले खानाखाए ।गत साउनदेखि भदौं गरी दुई महिनाको अवधिमा ३५ हजार १ सय ३५ जनाले खानाखाइसकेका छन् ।
यस वर्ष २ लाखजनामानिसलाई खानाखुवाउने लक्ष्यलिएको बताउँछन् संरक्षक पवनकुमार अग्रवाल । तर यस वर्ष भने उनले भनेको संख्याभन्दा धेरै पुग्ने सम्भावना बढी छ ।
संचालक समितिका संरक्षक एवम् समाजसेवीविजयगुप्ता क्यान्टिन संचालनकालागिआमनागरिकको पनि सहयोग हुनु पर्ने बताउँछन् । उनले भने,‘यो एउटा विशुद्ध मानवीयकार्य हो । यसमा सहयोग गर्नकालागि म सबैलाई अपिल गर्छु । यसले निम्मआयस्तर भएका र टाढा टाढा समस्या परेर आएका बिरामीलाई धेरै सहयोग गर्छ ।’