लोभै लाग्ने हिरोको अफर
Thursday, September 29th, 2022, 1:53 pm
Kalpristha
….
नेपाली बजारमा हिरो मोटसाइकलका दुई पांग्रे सवारी साधान लोकप्रिय मानिन्छन् । बाँकेका लागि हिरोको आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको एमएस ट्रेड इन्टरनेसनलले यस वर्षको विजया दशमी तथा शुभदीपावलीको अवसरमा विभिन्न किसिमका ग्राहक लक्षित कार्यक्रमहरु ल्याएको छ । जसमा छुटदेखि नगद उपहार एवम् मोटसाइकल एक्सेन्च’ सम्मका अफरहरु रहेका छन् ।
…
बाँकेमा नेपालगन्ज र कोहलपुर गरी दुई स्थानबाट एमएस ट्रेडले हिरो कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएको छ । र दुई स्थानमा रहेका सोरुमबाट हिराको मोटरसाइकल र स्कुटर खरिदमा ॅआहा दशैं अफर’ संचालन गरिरहेको एमएस ट्रेड इन्टरनेसनलका संचालक माधव अर्यालले बताए ।
एमएसले यो वर्षको दशैंमा कुनै पनि हिरो कम्पनीका मोटरसाइकल वा स्कुटर खरिदका लागि ६ हजार रुपैयाँ छुटको व्यवस्था मिलाएको भने हात खाली नजाने १ हजार ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको स्क््रयाच कुपनको पनि व्यवस्था गरेको संचालक अर्यालले बताए ।
त्यसमा पनि १ लाख रुपैयाँको बम्पर उपहारको पनि व्यवस्था रहेको छ । जसमा १५-१५ दिनमा १ जनालाई दिइने गरेको अर्यालले बताए ।
त्यसैगरी हिरोका मोटरसाइकल खरिदमा ४० देखि ६० प्रतिशतको डाउन पेमेन्ट’ गरेर पनि मोटरसाइकल खरिद गर्ने व्यवस्था रहेको सेल्स इन्चार्ज ब्यापकराज शाहीले बताए ।
एमएसले ल्याएको अर्को आकर्षण अफर भनेको एक्सेन्च अफरमा १० हजार छुट । कुनै पनि पुरानो मोटरसाइकलमा पैसा थप गरेर नयाँ हिरोको मोटरसाइकल एक्सेन्च गर्न सकिन्छ । जसमा एमएसले १० हजार रुपैयाँ छुट दिनेछ । तर एक्सचेन्ज अफरमा भने आहा दशैं आपर’ भने लागू नहुने सेल्स इन्चार्ज शाहीले बताए ।
यसका अलवा एमएसले नयाँ मोटरसाइकलको खरिदमा नयाँ हेलमेट, ९ वटासम्म निःशुल्क सर्भिसिङको पनि व्यवस्था गरेको छ । साथै मोटरसाइकल तथा स्कुटरको ब्याट्रीमा १८ महिनाको ग्यारेन्टी र एक्सपल्स २०० सिसिको मोटसाइकलको सकरमा १ वर्षको ग्यारेन्टी सुविधा दिएको छ ।
….
सबैभन्दा महत्वपूणर् भने हिरोका सबै किसिमको मोटरसाइकलको इन्जिनमा ५ वर्ष वा ७० हजार किलोमिटरको वारेन्टी रहेको छ भने सबै किसिमको स्कुटरको इन्जिनमा ५ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।
हिरोको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा सुपर स्पेलेण्डर, एफ डिलक्स, ग्ल्यामरहरु पर्दछन् ।